back
NMB ad

विज्ञले भने ‘अनावश्यक हल्लाले सेयर बजारमा गिरावट’

Kumari bank ad

काठमाडौँ, २५ साउन । अनावश्यक हल्लाका कारण सेयर बजारमा ‘अस्वभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् ।

मिडिया इन्टरनेसनलले मंगलबार आयोजना गरेको कार्यक्रमका वक्ताले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारण गौण रहेको बताएका हुन् ।
कार्यक्रममा सेयर विश्लेषक डा गोपाल भट्टले सेयर बजार अहिले वास्तविकतामा भन्दा हल्लाको भरमा चलिरहेको बताउँदै सेयर बजार अत्यन्त संवेदनशील हुनाले स–साना कुराले प्रभाव पारिरहेको उल्लेख गरे ।

ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेयर बजारको गिरावटमा आफूहरुको कुनै भूमिका नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लासँगै बजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण बजार अस्वभाविक रुपले ओरालिएको टिप्पणी गरे । उनले भने, “हाम्रो कार्यक्षेत्र अलि विस्तार होस् भनेर मागिरहेको छौँ”, “हामीलाई दोष लगाएर मात्र समस्याको समाधान हुँदैन ।”

लगानीकर्ता फोरमका सदस्य राजन लम्सालले धितोपत्र बोर्ड नियमनकारी निकाय हो कि सल्लाहकार भनेर छुट्याउन मुस्किल परेको बताए । नवगठित लगानीकर्ता सङ्घका अध्यक्ष उत्तम अर्यालले बजारमा उतारचढाव आइरहने भए पनि सोमबारको गिरावट अस्वभाविक र सुनियोजित रहेको टिप्पणी गरे ।

लगानीकर्ता फोरमका कार्यकारी सदस्य एवम् मेगा बैंकका निर्देशक दीपेन्द्र अग्रवालले धितोपत्र बोर्डको भूमिका अस्पष्ट र पक्षपाति रहेको आरोप लगाए । अघिल्लो सातादेखि ओरालो लागेको सेयर बजारमा यो साताको सुरुबाटै गिरावट आएको थियो ।

वि.सं.२०७३ साउन २५ मंगलवार १९:२३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...