back
NMB ad

सेयर बजार: इन्स्योरेन्सको सूचक ६१८ अंकले उक्लियो, बाणिज्य बैंक पनि चम्कियो !

Kumari bank ad

काठमाण्डौं । आज बिमा र वाणिज्य बैंकमा लगानीकर्ताहरु उर्लिएपछि सेयर बजार ४०.८३ अंकले बढ्न पुगेकोछ । मौद्रिक नीतिपछि चम्किन थालेको बाणिज्य बैंकको सूचक ४०।७९ अंकले उक्लिएको छ भने इन्स्योरेन्स कम्पनीको सूचकले इतिहास बनाएकोछ । आज एकै दिन ६ सय १८ अंकले बिमाको सूचक उक्लिएपछि बजार ४०.८३ अंकले माथि पुगेकोछ ।

आज मात्र कुल ८७ करोड ३९ लाख रुपैयाँको बाणिज्य बैंकहरुको सेयर किनबेच भएको छ । बजारमा दिनभरीमा एक अर्ब ९५ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ ।

यसका साथै, बिमा कम्पनीहरुमा पनि एफपिओ जारी गर्ने लहर चलेकाले सूचकलाई माथि पुर्‍याएको हो । आज सेयर बजारमा कमाउनेहरुमा बिमा र बैंकका लगानीकर्ताहरु रहेका छन् ।

बीमा समितिबाट पारित भई अर्थमन्त्रालयमा पठाएको बीमा ऐनको नयाँ मस्यौदालाई अर्थमन्त्रालयले स्वीकृत गरेको हल्ला बजारमा फैलिएपछि सोमबार नेप्सेमा बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको हो ।

३ साउन २०७३, ४।००

वि.सं.२०७३ साउन ३ सोमवार १७:११ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...