back
NMB ad

दश कम्पनीको करिब ५१ लाख कित्ता सेयर आउँदै !

Kumari bank ad

काठमाडौ । के तपाईलाई थाहा छ ? साधारण तथा नयाँ सेयर निष्काशनका लागि विभिन्न १० कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । जसमध्ये, ७ जलविद्युत् कम्पनी र दुई लघुवित्तले साधारण सेयर निष्काशनको अनुमति माग गरेका छन् भने एक विकास बैंकले नयाँ सेयर निष्काशनको अनुमति माग गरेको छ । यी सबै कम्पनीले कुल ५० लाख ९० हजार नौ सय ११ कित्ता सेयर जारी गर्न निवेदन दिएका हुन् ।

साधारण सेयर जारी गर्न लागेका ७ जलविद्युत् कम्पनीहरु

आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति माग गरेर धितोपत्र बोर्डमा निवेदन दिएको लामो समय भईसकेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा निष्काशन गर्न लागेको सेयरले इक्रा नेपालबाट ग्रेड ५ रेटिङ पाएको छ । कम्पनीले आयोजना प्रभावितहरुका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ३ करोड ६८ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ६८ हजार १४३ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

गर्जङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि दुई लाख कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले स्थानीय वासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

राधी विद्युत् कम्पनी लिमिटेडले चार लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड १० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको सेयर स्थानीयका लागि हो । राधीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १७ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावितका लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७१ लाख ४० हजार रुपैंया बराबरको सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनी रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पाँच लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा पाँच करोड ६० लाख रुपैयाँ बराबरको सेयर स्थानीय वासिन्दाका लागि निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्रि प्रबन्धककमा कम्पनीले एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

साधारण सेयर जारी गर्न लागेका दुई लघुवित्त वित्तीय संस्थाहरुः

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ । संस्थाले एक सय रुपैयाँ अंकित दरमा एक करोड २० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । सेयर निष्काशनका लागि लघुवित्तले एनसिएम मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्दैछ । संस्थाले एक सय रुपैयाँ अंकित दरकम तीन करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । स्वदेशी लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

नयाँ सेयर जारी गर्न लागेको विकास बैंकः

महाकाली विकास बैंक लिमिटेडले दुई लाख ३६ हजार तीन सय ६७ दशमलव ५३ कित्ता नयाँ सेयर जारी गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकको सेयरको प्राथमिक समिक्षा भइरहेको बोर्डले जनाएको छ । महकालीको सेयर निष्काशन तथा सिवक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मितिः २०७३ माघ ५

वि.सं.२०७३ माघ ५ बुधवार १२:४८ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...