back
NMB ad

साताभर १ करोड १० लाख कित्ता सेयर खरिद बिक्री, ७ अर्ब माथिको कारोबार

Kumari bank ad

काठमाडौँ । सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर एक हजार ६६६।९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको रु सात अर्ब ८२ करोड बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् ।

नेप्से परिसूचक बढेको देखिए पनि कारोबार भने अघिल्लो साताको तुलनामा १५।७६ प्रतिशत कम रहेको छ । गतसाता १४९ कम्पनीको रु नौ अर्ब ३० करोड बराबरको एक करोड ५२ लाख कित्ता सेयर खरिद बिक्री भएका थिए ।

समूहगत रुपमा यस साता बिमा समूहको सबैभन्दा बढी कारोबार भएको छ । बिमा समूहमा लगानीकर्ता ओइरिएपछि कारोबार बढी भएको स्टकले जनाएको छ ।

बिमा समूहमा ३१९ अङ्कले बढेको छ भने जलविद्युत् समूह १८६ अङ्कले अगाडि रहेको छ । वाणिज्य बैंक समूह ४२, विकास बैंक समूह २०, फाइनान्स समूह ३, होटल ३२ र उत्पादनमूलक समूहले भने ३४ अङ्कले अग्रता लिएको थियो ।

यस्तै समूह ‘क’ को मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा नौ प्रतिशतले बढेर साताको अन्तिम दिन ३५९।३९ अङ्कमा पुगेको थियो ।

सो अवधिमा कारोबार रकमको आधारमा रु ४३ करोड ९४ लाख बराबरको कारोबार गरेर लुम्बिनी जनरल इन्स्योरेन्स अगाडि रहेको थियो । यस्तै रु ३९ करोड बराबरको कारोबार गर्दै नेसनल लाइफ इन्स्योरेन्स दोस्रो, रु ३२ करोड कारोबार गरेर शिखर इन्स्योरेन्स तेस्रो, रु २८ करोड कारोबार गरेर सानिमा माई हाइड्रो चौथो र रु २३ करोड कारोबार गर्ने नेको इन्स्योरेन्स पाँचौ स्थान रहेका थिए ।

प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १४:४९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...