back
NMB ad

बैङ्कको १८ लाख ४० हजार कित्ता सेयर कसरी र कहिले हुदैछ लिलामी ?

Kumari bank ad

काठमाडौ । मेगा बैङ्कले हकप्रदमा अवितरित रहेको संस्थापक र साधारण सेयर गरी १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर केही दिनभित्रमा लिलामी सूचना प्रकाशमा ल्याउने भएको छ । एक सय वा सोभन्दा बढी अंकित मूल्यमा बैंकको सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत लिलाम बढाबढमा विक्रीमा ल्याउनेछ ।

साथै यसअघि निष्काशन भएको बैंकको ६५ प्रतिशत हकप्रद सेयरको बाँडफाँड भएको छ । बैंक सञ्चालक समितिको मंसिर २८ गते सम्पन्न बैठकले रितिपुर्वक आवेदन दिने एक लाख ४८ हजार ८७४ आवेदकहरुलाई दुई करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ ।

हकप्रदपछि मेगाको चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुगेको छ । टुरिजम डेभलपमेण्ट बैंकसँग मर्जर प्रकृयामा रहेको मेगा बैंकको चुक्ता पूँजी मर्जरपछि साढे ९ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकले १०ः६.५ को अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद सेयर भदौ २७ देखि कात्तिक १४ गतेसम्म जारी गरेको थियो । आफ्नो हकभन्दा धेरै सेयरको माग गरी आवेदन दिने सेयरधनीहरुलाई आफ्नो हकभन्दा बढी आवेदन भएको रकम संकलन केन्द्रबाटै फिर्ता भुक्तानी गर्ने बैंकले जनाएको छ ।

२०७४ पुष १४ गते प्रकाशित

वि.सं.२०७४ पुस १४ शुक्रवार १४:४३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...