काठमाडौ । साताको दोस्रो दिन सोमबार बजारमा कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपछि नेप्से परिसूचक ६.४८ अंकले घटेर १६२९.०८ विन्दुमा कायम हुन पुगेकोे छ । १५३ कम्पनीको कारोबार भएको बजारमा १७ लाख २५ हजार कित्ता सेयर एक अर्ब छ करोड बराबरमा किनबेच भयो । आइतबारको तुलनामा कारोबार रकम एक करोड बढी हो ।
यसदिन बीमा समूहको सूचक सय अंकले बढेर ९३६९ अंक पुगेको छ । बाणिज्य बैंकको स्ुचक भने १५ अंकले घटेको छ ।
यसदिन पनि सानिमा माइ हाइड्रोको सबैभन्दा धेरै ८ करोड बढीको सेयर किनबेच भयो । पाँच कम्पनीको सेयरमूल्य दश प्रतिशतका दरले बढ्यो । यसदिन नेशनल हाइड्रो, अरुण फाइनान्स, हिमालयन डिष्टलरी, राष्ट्रिय बीमा कम्पनी साधारण र संस्थापक दुवैको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ ।
प्रकाशित मितिः २०७४ साउन ९
वि.सं.२०७४ साउन ९ सोमवार १७:४० मा प्रकाशित