back
NMB ad

खरिदका लागि तयार रहनुस्, फाइनान्सको ९ लाख ८३ हजार कित्ता हकप्रद आउदै

Kumari bank ad

काठमाडौं। पोखरा फाइनान्सले ९ करोड ८३ लाख रुपैया बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ। चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ९ लाख ८३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

फाइनान्सको हकप्रद आवेदन एनआर्इविएल क्यापिटल मार्केट लाजिम्पाट, पोखरा फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।

फाइनान्सले गत साउनमा एफपिओ निष्काशन गरेर आफ्नो जगेडा कोष बलियो बनाएको छ। फाइनान्सले गत साउनमा २२० रुपैयाँको दरमा ९ लाख ८३ हजार कित्ता एफपिओ निष्काशन गरेको थियो। एफपिओको निष्काशनसँगै फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख रुपैयाँ र जगेडा कोषमा ४२ करोड ५३ लाख रुपैयाँ जम्मा गरेको थियो।

फाइनान्सले पुष १३ गते बिहीबारसम्म कायम हुने शेयरधनीहरुका लागि पुष ३० गतेदेखि फागुन ६ गतेसम्म हकप्रद शेयर खुल्ला गरेको छ। फाइनान्सको हालको चुक्ता पूँजी ६५ करोड ५७ लाख रुपैयाँ छ। हकप्रदपछि ७५ करोड ४१ लाख रुपैयाँ पुग्ने छ।

फाइनान्सले ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्छ। यसको लागि फाइनान्सले हकप्रद निष्काशनपछि कायम हुने पूँजीको ५.७३ प्रतिशत थप पूँजी जुटाउनु पर्ने हुन्छ। यसको लागि फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर दिनु पर्ने हुन्छ। फाइनान्सले गत आर्थिक वर्षमा ८ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो।

फाइनान्सले चालु आर्थिक वर्ष २०७४७५ मा ९७ करोड ३६ लाख रुपैयाँ पूँजी पुर्याउने प्रक्षेपण गरेको छ। यसका आधारमा फाइनान्सले हकप्रदपछि कामय हुँने पूँजीमा २१ करोड ९४ लाख रुपैयाँ बोनस शेयर दिनु पर्ने हुन्छ।

२०७४ पुष १२ गते प्रकाशित

वि.सं.२०७४ पुस १२ बुधवार १७:२० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...