back
NMB ad

धार्मिक तीर्थस्थलमा साउने मेला

Kumari bank ad

चितवन । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ ।आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ ।

मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् ।

अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भोलि सोमबार विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए । सोही मेलाका लागि आजैदेखि तयारी थालिएको उनको भनाइ छ । आज साउने संक्रान्ति मेला शुरु भएको र यहाँ भोलिदेखि बोलबम मेला लाग्ने पौडेलले जानकारी दिए ।

संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेका छन् । आज समाजसेवी तथा पूर्व सांसद मैयाँदेवी श्रेष्ठले विश्वशान्तिका लागि स्वस्ति शान्तिको समेत आयोजना गरेका छन् ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने आजको दिनमा घरघरमा लुतो फाल्ने चलनसमेत छ । देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका लागि समितिका सदस्य सोमनाथ अधिकारीको संयोजकत्वमा उपसमिति बनाएर बोलबम मेलाको तयारी गरेको छ ।

नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ । बाटो, खानेपानी, विद्युत्लगायतको पनि व्यवस्थापन भइरहेको अध्यक्ष पौडेलले बताए ।चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्छन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्छन् । व्रत बसेर स्नान गरी देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास सर्वसाधारणको छ । रासस
प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...