back
NMB ad

शेष घले : वर्षदिनमै ४ अर्ब सम्पत्ति जोड्दै अष्ट्रेलियाली धनीहरुमा १०५औं स्थानमा

Kumari bank ad

काठमाण्डौं । अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङको सम्पत्ति यो बर्ष ५ करोड ८० लाख डलर ९करिव ४ अर्ब ४६ करोड रुपैयाँ० ले थपिएको छ ।

सूची प्रकाशन गर्दै आएको अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले सन् २०१६ को सूची शुक्रबार बिहान प्रकाशन गरेको छ । जसमा घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर सम्पत्तिसहित सूचीको १०५ औं स्थानमा परेका छन् ।

गत बर्ष सूचीको १०० औं स्थानमा परेका घले दम्पत्तिको सम्पत्ति ५२ करोड ८० लाख अष्ट्रेलियन डलर रहेको थियो ।

एमआइटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरुले संयुक्तरुपमा स्थापना गरेको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआइटी)मा बिभिन्न देशका करिव ३ हजार ५ सय बिदेशी बिद्यार्थी अध्ययनरत छन् ।

यसैगरी एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेटल तथा होटलमा लगानी गरिरहेका छन् । मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा उनीहरुको स्वामित्व छ ।

सन् २०१३ यता बिश्वभर छरिएका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ ९एनआरएनए०को नेतृत्व गरिरहेका घलेले नेपालमा पनि लगानी गरिरहेका छन् ।

उनको लगानीमा काठमाण्डौमा शेराटन होटल निर्माण भइरहेको छ जसको लागत झण्डै १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । उनीहरुले हालै युरोपमा पनि होटल क्षेत्रमा लगानी विस्तार गरेका छन् ।

घले दम्पत्तिले नेपालमा परोपकारी क्षेत्रमासमेत काम गरिरहेका छन् । नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी उनीहरुले गत बर्षमात्रै एक अर्ब रुपैयाँको कोष घोषणा गरेका छन् । यो नै नेपालको अहिलेसम्मको ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।

१४ जेठ २०७३, १०.००

वि.सं.२०७३ जेठ १४ शुक्रवार १२:०५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...