काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले फागुन २ गते बोर्डमा धितोपत्र निवेदन दिएर एनआईबिएल क्यापिटल मार्केटस् मार्फत सो मात्राको आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रकाशित मितिः २०७३ फागुन ३
वि.सं.२०७३ फागुन ३ मंगलवार १४:११ मा प्रकाशित