back
NMB ad

डोलेश्वरको ३८ दिने साउने मेलामा भक्तजनको अत्यधिक भीड !

Kumari bank ad

भक्तपुर । साउनको तेस्रो सोमबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भिड अन्य सोमबार भन्दा अत्याधिक रहेको छ ।

मन्दिरको समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले साउन महिनाको तेस्रो सोमबार भक्तजनहरुको चाप अत्याधिक रहेको भन्दै मन्दिरको गुरुयोजना कार्यान्वयन तर्फ अगाडि बढिरहेको र सोचे जस्तो भक्तजनहरुका लागि उचित प्रबन्ध मिलाउन नसकेता पनि चापलाई ध्यान दिएर सक्दो ब्यवस्था मिलाई रहेको बताए ।

साउनको महिनासँगै हरेक बर्ष साउने मेला लगाउँदै आएको डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला सञ्चालनमा रहेको छ । मेलामा उपस्थित भक्तजनहरुले चढाएको भेटी रकमले मन्दिरको गुरुयोजना कार्यान्वयनमा थप आर्थिक भार सहज हुने समेत समितिले जनाएको छ ।

यो साउने मेलामा भक्तजनहरुबाट हिजो सम्म ३४ लाख ८५ हजार सात सय ३४ रकम संकलन भएको समितिका सचिव मोहन बल्लले जानकारी दिए । उनले भन्नु भयो यो मेलाबाट संकलन गरिएको रकमले मन्दिरको गुरुयोजनमा थप सहयोग पु¥याउनुका साथै मेला सञ्चालनमा देखिएको आर्थिक भार सन्तुलन राख्दै मेलालाई ब्यवस्थित गर्न सहयोग पु¥याएको बताए ।

आज तेस्रो सोमबार डोलेश्वर मन्दिर दर्शनमा आएका पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सञ्चारकर्मीसँग कुरा गर्दै डोलेश्वर मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थ स्थलका रुपमा बिकास गर्नु पर्ने बताएका छन् । उनले सञ्चारकर्मीको राजनीतिक जिज्ञासामा राजनीतिक परिवर्तन भएता पनि नेपालमा ढिला चाँडो जसरी पनि संबिधान कार्यान्वयन हुनेमा आफू बिश्वस्त रहेको बताए ।

१७ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन १७ सोमवार १३:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...