back
NMB ad

महत दाजुभाईले दिए गाउँपालिकालाई एक करोड ६१ लाखको जग्गा निःशुल्क

Kumari bank ad

नुवाकोट । जग्गा र भवन अभावमा भाडाको घरमा सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गादाताले रु एक करोड ६१ लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

शिवपुरी गाँउपालिका–६, समुन्द्रादेवीका समाजसेवी नरेश महत र दिनेश महतले वडा नंं ५, महाकालीको शेराबगरस्थित मध्यपहाडी लोकमार्गसँग जोडिएको स्थानमा दुई रोपनी तीन आना जग्गा गाँउपालिकालाई उपलब्ध गराएका छन् ।

उक्त स्थानको जग्गा प्रतिआनाको रु तीन लाखमा कारोबार हुँदै आएकाले उनीहरुले दिएको जग्गाको मूल्य रु एक करोड पाँच लाख बराबरको रहेको गाउँपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए ।

नरेश र दिनेश महतले हजुरबुबा स्व महेन्द्रबहादुर महतको स्मृतिमा गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न जग्गा उपलब्ध गराएको बताएका छन् । अहिले गाउँपालिकाको कार्यालय रहेको स्थानबाट १५० मिटरको दूरीमा पर्ने उक्त जग्गामा अब गाउँपालिकाले आर्थिक व्यवस्थापन गरी कार्यालय भवन निर्माण गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

यस्तै, गाउँपालिकाको कार्यालय सञ्चालन गर्न वडा नं ५ महाकालीका गणेशप्रसाद पौडेलले सात आना, दलबहादुर कार्कीले पाँच आना, शिव पोखरेलले आठ आना र सीताराम आचार्यले आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

उनीहरुले दिएको जग्गा भिन्दाभिन्दै कित्तामा रहेका छन् । उक्त जग्गा रहेको स्थानमा प्रतिआना रु दुई लाखको दरमा कारोबार हँदै आएकाले बजार मूल्य रु ५६ लाख बराबर हुने जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष थापाका अनुसार आर्थिक स्रोत र जग्गा अभावमा भाडाको आवासबाट सञ्चालन हुँदै आएको गाउँपालिकाले कार्यालय भवन निर्माणको लागि आवश्यकभन्दा बढी जग्गा प्राप्त भएसँगै कृषि सामग्री प्रदर्शनी केन्द्र र गाउँपालिका मातहतमा रहने अन्य कार्यालय भवन स्थापना गर्ने योजना बनाइएको छ ।

जग्गाधनीबाट जग्गाको स्वामित्व हस्तान्तरणसम्बन्धी कागजात जिल्ला मालपोत कार्यालय र नापी कार्यालयबाट पूरा भइसकेकाले गाउँपालिकाको कार्यालयको नाममा जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) निर्माणको अन्तिम प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति : ६ पुस २०७४

वि.सं.२०७४ पुस ६ बिहीवार १०:०० मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...