back
NMB ad

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको तारेभीरलाई पर्यटकीय गन्तव्य बनाइने

Kumari bank ad

काठमाण्डौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभीरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर सम्पन्न भएकोछ । तारेभीर महोत्सवको शनिबार उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति, महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङलगायत राजनीतिक दलका स्थानीय नेताले तारेभीरलाई चट्टानी बगैँचा (रक गार्डेन) भएको पर्यटकीयस्थल बनाउन कार्ययोजनासहित अघि बढ्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिए।

निकुञ्जभित्र उपत्यकाको कङ्क्रिट जङ्गल र आकर्षक हिमाल देखिने सो स्थललाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक २०७१ माघ १ गते महोत्सव आयोजना गरिएको थियो।

पर्यटकीयस्थल बनाउन घरवास (होम स्टे) को अवधारणा अघि सारेर गृहकार्य सुरु गरिएकै बेला २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँका २६० घर ध्वस्त भएका थिए। घर भत्किए पनि स्थानीयवासीले महोत्सवलाई भने गत वर्ष र यस वर्ष पनि निरन्तरता दिएका छन्।

२ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...