back
NMB ad

श्री एयरलाइन्सको ५० सीट क्षमताको जहाज आयो, १५ दिनभित्र थप दुईवटा जहाज आउँदै

Kumari bank ad

काठमाडौ। श्री एयरलाइन्स एयरलाइन्सले नयाँ जहाज ल्याएको छ। हेलिकोप्टरवाट सेवा दिइरहको कम्पनीले अब जहाजवाट पनि सेवा दिने जनाएको छ।

कम्पनीले ५० सीट क्षमताको जहाज बुधवार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको छ। क्यानडामा निर्माण भएको क्यानडा एयरको डोमेस्टिक उडान भर्ने जेट इन्जिन भएको बम्वार्डियर सिआरजे( २०० मोडेलको सेकेन्डह्यान्ड जहाजलाई कम्पनीले ल्याएको हो।

नेपालको आन्तरिक हवाई सञ्जाललाई थप विस्तार गर्नका लागि कम्पनीले जहाज थप गरेको जनाएको छ। जहाजलाई जापानवाट चीनहुँदै नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ।कम्पनीले केही समयभित्रै यो जहाजबाट उडान गर्नेछ।

यसअघि एयरलाइन्सले जेट इन्जिन भएको जहाज ल्याएको थियो। कम्पनीका अनुसार अबको दुई साताभित्रै थप दुईवटा जहाज नेपाल आउनेछन्। ७८ सिट क्षमताको सिआरजे ७०० र ५० सिट क्षमताको सिआरजे २०० मोडेलका जहाजहरु आउने कम्पनीले जनाएको छ।

कम्पनीले उडानका लागि ६ वटा गन्तब्य पनि तय गरिसकेको जनाएको छ। श्रीले काठमाडौंवाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी तथा माउन्टेन फ्लाइट गर्ने जनाएको छ। कम्पनीले नेपालका ट्रङक रुट मानिएका उक्त स्थानहरुमा बुद्ध एयर र यति एयरको एकाधिकार हटाउन ब्रेक थ्रु हुने दाबी गरेको छ।

कम्पनीसँग हाल ुएमआई(१७ु हेलिकोप्टर ६ वटा र चारवटा युरोकप्टर ुएएस ३५० विई ३ु गरी कुल १० वटा हेलिकोप्टर रहेका छन्। कम्पनीले सन् १९९९ देखि हेलिकोप्टरले सेवा दिन सुरु गरेको हो।

प्रकाशित मितिः २०७४ बैशाख १

वि.सं.२०७४ वैशाख १ शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...