Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ ११ , २०७३  |  
Wednesday, January 25, 2017

सिद्धार्थ बैंकले पुनः ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

January 12, 2017

siddartha-Bank 1

काठमाडौ । सिद्धार्थ बैंकले फेरि ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजी बढाउन फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैंकले यो प्रस्ताव आगामी साधारण सभामा लैजाने भएको छ । सिद्धार्थ बैंकले फागुन ५ गते साधारण सभा बोलाएको छ ।

यो साधारण सभाका लागि माघ २० गते सेयरधनी दर्ता किताब बन्द हुने भएको छ । सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४८.७५ प्रतिशत बोनस सेयर दिंदैछ । यसअघि बैंकले २५ प्रतिशत हकप्रद सेयरसमेत बिक्री गरिसकेको छ । यो बोनस सेयर २५ प्रतिशत हकप्रद सेयर भर्नेले पनि पाउनेछन् । हकप्रदमा नबिकेको सेयर बैंकले टेन्डरमार्फत बेच्दैछ । टेन्डर भर्नेले पनि बोनस पाउनेछन् ।

सिद्धार्थको बोनस वितरणपछि कायम हुने पुँजीमा ३० प्रतिशत हकप्रद आउन लागेको हो ।

प्रकाशित मितिः २०७३ पुस २८

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु