काठमाडौ । सिद्धार्थ बैंकले ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस दिने भएको छ । बैङ्कले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने लागेको हो । बैंक सञ्चालक समितिको विहीबार सम्पन्न २८५ औं बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस बैंकको आगामी १६ औ बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बोनसपछि बैंकको चुक्ता पूँजी सात अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुग्नेछ । बैंकले ६ अर्ब ८२ करोड रूपैयाँको १० प्रतिशत हकप्रद विक्री गरेपछि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्त्ता पूँजी आठ अर्ब पुग्नेछ ।
बैठकले हाल कायम बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँको १४ प्रतिशतले हुन आउने ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस वितरण गर्ने भएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २१ करोड ६४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।
२०७४ पुष २१ गते प्रकाशित
वि.सं.२०७४ पुस २१ शुक्रवार १५:३७ मा प्रकाशित