काठमाण्डौं । सिद्धार्थ क्यापिटलले लगानीकर्ताले पाउने नगद लाभांस बैंक खाताबाटै पठाउनका लागि बैंक खाता खोल्न सूचना जारी गरेकोछ । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको लाभांस रकम बैंक खातामा जम्मा गराउन सबै सुचिकृत कम्पनीलाई निर्देशन दिएको थियो ।
सिद्धार्थ क्यापिटल सेयर रजिष्ट्रार भएको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगतका सिद्धार्थ लगानी वृद्धि योजना १ र सिद्धार्थ इक्विटी ओरियण्टेड स्किमले केही दिन अघि आफ्ना लगानीकर्तालाई ३० प्रतिशत र १६ प्रतिशत नगद लाभांस बितरण गर्ने निर्णय गरेका थिए । सोही सम्बन्धमा सिद्धार्थ क्यापिटलले लगानीकर्ताहरुलाई उक्त नगद लाभांस बैंक खातामा पठाउने भन्दै बैंक खाता उपलब्ध गराउन आग्रह गरेको छ ।
अब यो सेवापछि राजधानी बाहिरका लगानीकर्ताहरुलाई पनि रकम लिन राजधानी धाइरहनु पर्ने बाध्यता टुटेको छ ।
२१ भदौ २०७३, ३।००
वि.सं.२०७३ भदौ २१ मंगलवार १६:४७ मा प्रकाशित