back
NMB ad

सिमे सागबाटै हुन्छ ४ लाखसम्म आम्दानी

Kumari bank ad

मोरङ । जिल्लाको पथरी शनिश्चरे नगरपालिकास्थित जिरिखिम्तीका किसानहरु बगरकै खेतीबाट आफ्नो जीविकोपार्जन गरिरहेका छन् । सागसब्जीमध्ये अर्गानिक मानिने सिमे सागको खेतीबाट एक सिजनमा १० हजारदेखि ४ लाख रुपैयाँसम्म आम्दानी हुने कृषकको भनाइ छ ।

पानीमै उम्रने सिमे सागको खेतीले उनीहरुको जीवन चलिरहेको छ । स्थानीय मोरङ्गी खोलाको बगरमा सिमे सागको खेती गरी स्थानीयवासीले मनग्गे आम्दानी गरिरहेका छन् । सिमे साग रोपेको एक महिना नपुग्दै बिक्रीका लागि तयार हुन्छ । जिरिखिम्तीका करिव ४० घर परिवारले मोरङ्गी खोलाको १० विघा क्षेत्रफलमा सिमे साग लगाउँदै आएका छन् ।

बर्षा मौसम सकिएपछि खोलाको बगरमा लगाउने सिमे साग यस क्षेत्रका मानिसको आम्दानीको मूख्य श्रोत हो । धरान, बिराटनगर, दमक र काँकडभिट्टासम्मको बजारमा साग बेचेर घर धान्ने गरेको स्थानीय तुलसा गुरुङले बताइन् ।

सिमे सागको बजार राम्रो भएकाले व्यापारीहरु सिमे साग खेती भएको स्थानमै साग किन्न आउने गरेको गुरुङको भनाइ छ । सिमसार क्षेत्रमा उनीहरूले हरेक वर्ष नगदे बालीका रुपमा सिमे सागको खेती गर्दै आइरहेका छन् ।

७ माघ २०७३, अनलाईनखबर, २।००

वि.सं.२०७३ माघ ७ शुक्रवार १५:०९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...