back
NMB ad

पुस दोस्रो साता सिन्धुली महोत्सव हुँदै, ५ करोडको ब्यापार गर्ने लक्ष्य

Kumari bank ad

काठमाण्डौं । सिन्धुली उद्योग बाणिज्य संघले ‘समृद्ध सिन्धुली निर्माणको आधार कृषि, पर्यटन र उद्योग क्षेत्रको लगानी मैत्री वातावरणमा सुधार’ भन्ने नारा सहित आगामी पुसको दोस्रो सातादेखि सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो ।

सम्मेलनमा संघका अध्यक्ष बिनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सास्कृतिक, तथा सुन्दरताको भण्डार रहेको बताउँदै त्यसको उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । ‘सिन्धुलीगढीमा अंग्रेजलाई पराजित गरेर नेपाललाई सधैं स्वतन्त्र राख्ने गोर्खालीको इतिहास बोकेको सिन्धुलीलाई जुनारले समेत मुलुकभर चिनाएको छ,’ उनले भने, ‘सिन्धुलीका उत्पादन र पर्यटकीय स्थलको प्रबर्धन गर्न सिन्धुली महोत्सव गर्न लागेका हौं ।’

त्यस अबसरमा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले महोत्सवकोे अबलोकन गराउन काठमाडौंबाट ठूलो संख्यामा जिल्लाबासीलाई लैजान ‘जाउँ है सिन्धुली’ अभियान संचालन गरिएको बताए । ‘आगामी बर्ष अंग्रेजी सेनालाई सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले परास्त गरेको २५० बर्ष पुग्दैछ,’ उनले भने, ‘त्यस बर्षभर अभियानले विजयोत्सबका विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।’ उनले सिन्धुलीका कलाकारहरुको कन्सर्ट, सिन्धुलीगढीवरपरका गाउँमा होमस्टे तालिम, सिन्धुलीका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सिन्धुलीगढीमा तत्कालीन अवस्थामा भएको लडाईंलाई सम्झाउने गरी नाटक प्रदर्शन, गढीमा कला तथा कवि गोष्ठी लगायतका कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।

सिन्धुली महोत्सबका सहआयोजकमा सिन्धुली जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको रहेका छन् । महोत्सवमा २५० स्टल रहनेछन्  । त्यसमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परमपरागत वस्तुहरुको, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनिहरुको उत्पादन प्रर्दशनीमा राखिनेछ । महोत्सवको मिडिया पार्टनरमा एविसी टेलिभिजन, अर्थ संसार डट कम, स्थानिय दैनिक पत्रिका, एफएम रहेका छन् ।

२८ मंसिर २०७३, ४.००

वि.सं.२०७३ मंसिर २८ मंगलवार २२:३९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...