back
NMB ad

सिन्धुपाल्चोकमा मात्रै भूकम्पपछि ४ अर्बभन्दा बढी खर्च

Kumari bank ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भूकम्पपछिको एक वर्षभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाले मात्रै रु चार अर्बभन्दा बढी खर्च गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका आठ , अन्तर्राष्ट्रिय गैसस २५ र गैसस २१ मार्फत उक्त रकम खर्च भएको जिविसले जनाएको छ । जिविससँग समन्वय गरेर जिल्लामा काम गर्ने राष्ट्र सङ्घ अन्तर्गतका निकायले करिब रु ५८ करोड ४९ लाख, अन्तर्राष्ट्रिय गैससले करिब रु दुई अर्ब ६० करोड र गैससले करिब ८४ करोड ६७ लाख खर्च गरेको जिविसको तथ्याङ्कमा छ ।
जिविस अनुसार सो अवधिमा सरकारी तवरबाट भूकम्पमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति, स्थायी आवास निर्माणका लागि रु १५ हजार (प्रतिपरिवार) र न्यानो कपडा खरिदका लागि गरी करिब रु दुई अर्ब ५० करोड खर्च भएको छ ।

“यो खर्च भूकम्पपछि जिल्लामा आफूहरूसँग समन्वय गरेर काम गर्ने एनजिओ–आइएनजिओको मात्र हो,” प्रजिअ गोकर्णमणि दुवाडीले रासससँग भन्नुभयो, “जिल्लाका कतिपय भेगमा एनजिओ–आइएनजिओले स्थानीय प्रशासनसँग समन्वय नै नगरी राहत तथा अस्थायी आवासका लागि खर्च गरेका छन् । सबै तथ्याङ्क सङ्कलन गर्ने हो भने खर्च भएको रकम अझै बढ्छ ।”

कतिपय एनजिओआइएनजिओले स्थानीय प्रशासनसँग समन्वय गर्न हिच्किच्याउने, समन्वय गरेपछि कामै नगरी भाग्ने, सम्झौता एउटा गर्ने काम अर्कै गर्ने, सुगम स्थानमा मात्रै केन्द्रित हुने तथा कामको विवरण समेत नबुझाउने गरेको उहाँले बताउनुभयो ।

एक वर्षका अवधिमा जिल्लामा यति धेरै रकम खर्च भए पनि पीडितको गुनासो भने अर्कै छ । चौतारामा भेटिएका हैबुङका आइतमान तामाङ भन्छन्, “आशा मात्रै बाँड्छन्, काम गर्दैनन् । आस्था, धर्म र विचारअनुसार भेदभाव गर्छन् । पीडितका आवश्यकताभन्दा उनीहरुकै रुचिमा सामान बाँड्छन् । सामान वितरण गर्दा मूल्यबारे जानकारी दिँदैनन् । स्थानीय राजनीतिक दलको बोलवाला हुने गरी काम गर्छन् । काम थोरै गर्छन् तर प्रचार धेरै गर्छन् ।”

गैससहरू भने पीडितलाई भेदभाव नगरी काम गरिरहेको जिकिर गर्छन् । गत वर्षको ‘गोरखा भूकम्प’मा सिन्धुपाल्चोकमा मात्रै तीन हजार पाँच सय ७० जनाको मृत्यु, एक हजार चार सय ३५ घाइते तथा आठ जना बेपत्ता भएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो ।

सरकारी तथ्याङ्क अनुसार भूकम्पबाट जिल्लामा झन्डै ६३ हजार घर पूर्ण रुपमा क्षति भएका छन् भने ५४७ विद्यालय पूर्ण रुपमा क्षति भएका छन् । यसैगरी ७५ स्वास्थ्यचौकी, १९५ किमी सडक, १३ पुल र ६९१ खानेपानी आयोजना पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए ।

प्रकाशितः २०७३ असार २

वि.सं.२०७३ असार २ बिहीवार ११:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...