Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, वैशाख १५ , २०७४  |  
Friday, April 28, 2017

चाइनीज टिभीमा नेपाली सिन्दुर,रिमोट परिवर्तन गर्नै मन लागेन !

January 10, 2017

sindur on xytv china

एसियाको ठुलो मुलुक चीनको पहिलो ग्रेडको टेलिभिज च्यानल नेपाली XZTV (एक्सजेडटिभी)बाट नेपाली फिल्म प्रसारण हुँदा धेरै चकित परे । चाइनिज टिभीमा पहिलो पटक दाबी गरिएको सिन्दुर प्रसारण हुँदा उक्त टिभी हेरिरहेका अनि च्यानल घुमाउँदै त्यहाँ पुग्दा नेपाली फिल्म देखेर आश्चर्यमा परेका नेपाली दर्शकले (सिन्दुर) आउँदासम्म हेरिरहे, रिमोर्ट परिवर्तन गरेनन् ।

उक्त टेलिभिजनले सिन्दुरको प्रशारण अधिकार खरिद गरेर चाइनिज भाषाको सव–टाइटल सहित फिल्म प्रसारण गरेको थियो । आइतवार राती नेपाली समय अनुसार नौ बजे सिन्दुर प्रसारण भएको थियो ।

पछिल्लो पटक नेपालमा आएका एक चिनियाँ फिल्म निर्देशकले पनि नेपाली फिल्मलाई चाइनिज फिल्म उद्योगले नजिकबाट नियालेको बोलेका थिए । श्रोतका अनुसार उक्त टेलिभिजनले आगामी दिनमा पनि साप्ताहिक रुपमा उत्कृष्ट मानिएका नेपाली फिल्महरु प्रसारण गर्दै जाने बताइएको छ ।

चीनले देखाएको अग्रसरतालाई स्वागतयोग्य मानिएको छ ।

प्रकाशित मितिः २०७३ पुस २६

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु