back
NMB ad

गायक ढकालले कालिकोटमा सोलारबत्ती वितरण गर्ने

Kumari bank ad

काठमाडौ । समाजसेवी एवम् गायक राजु ढकालले कर्णाली क्षेत्रका बासिन्दालाई सोलारबत्ती वितरण गर्ने भएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा गायक तथा समाजसेवी ढकालले पत्रकार सम्मेलन गरी कर्णाली अञ्चलको विकट कालिकोटको खाँडचक्र नगरपालिकास्थित पाँखागाउँका चालिस घर परिवारलाई सोलारबत्ती वितरण गर्न लागेको जानकारी दिएका हुन् ।

विगतमा पीडित सुतकेरी, ह्वीलचिएर, फिल्टर वितरण ‘देशका कतिपय भाग अहिलेपनि बिजुली बत्ती पुग्न सकेको छैन, त्यसलाई मध्यनजर गरी मैले सोलारबत्ती वितरण गर्न लागेको हो,’गायक ढकालले भने ।

ढकालले यसअघि सिरहाको गोलबजारस्थित मुर्सर्निया गाउँमा चालिस घरपरिवारलाई पानी छान्ने फिल्टर, रामेछाप र सिन्धुपाल्चोकका दुई सुत्केरीलाई नगद सहयोग, ह्वीलचियर लगायतका सामाग्री वितरण गरिसकेका छन्।

पत्रकार सम्मेलनमा आजै समाजसेवी अच्युतम खनालले पनि पशुपति क्षेत्रमा रहेका दृष्टिविहिन, अशक्त र असाहय व्यक्तिलाई ह्वीलचियर, वैशाखी लगायतका सामाग्री वितरणगर्ने बताएका छन् । वरिष्ठ पत्रकार एवम् रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले गायक ढकालले सामाजिक क्षेत्रका उदारणीय काम गरेको भन्दै खुलेर प्रशंसा गरेका छन्।

उनले भने,‘समाजसेवा आफैँमा राम्रो काम हो, त्यसमाथि कर्णाली जस्तो विकट क्षेत्रको कालिकोट जिल्लामा पुगेर सेवागर्न लाग्नुभएको छ तपाईँको म उच्च प्रशंसा गर्दछु, समाज सेवा गर्न सजिलो छैन, समाज सेवा गरेवापत पाउने फल मिठो हुन्छ।’

उनले अघि थपे,‘समाजसेवी ढकाल र खनालको कामलाई रिपोर्टर्स नेपालले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछु, पीडित जनताको सेवा गर्न समेत ढकाल र खनाललाई आग्रह गर्दछु।’

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार १८:३२ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....