back
NMB ad

सिरहा कांग्रेसमा खुकुरी हानाहान,१० घाईते,कोषाध्यक्षको छोरालाई टिकट दिएको विवाद

Kumari bank ad

सिरहा । उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बताए ।

कांग्रेसले सिरहा नगरपालिकाकमा मेयरको टिकट डा. सुभाषचन्द्र यादवलाई दिएको छ । उनी कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् । सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए ।

कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको हो ।

यसैबीच लहानमा एमालेका मेयर उम्मेदवार मुनी साहको घरमा मंगलबार साझ विस्फोट गराइएको घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका नेता विप्लबले टेलिफोन मार्फत घटनाको जिम्मा लिएका हुन् ।

प्रकाशित मितिः२०७४ भदौ २१

वि.सं.२०७४ भदौ २१ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...