back
NMB ad

एसएलसी पूरक अर्थात् स्तरवृद्धिको नतिजा सार्वजनिक

Kumari bank ad

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए । ४० जनाको नतिजा भने स्थगित गरिएको छ ।

परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिक तर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए । कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको थियो ।

प्रकाशित मितिः २०७३ भदौ १५

वि.सं.२०७३ भदौ १५ बुधवार १८:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...