back
NMB ad

एसएमएसमार्फत यसरी हुँदैछ विद्यार्थी भर्ना अभियान !

Kumari bank ad

जुम्ला । जिल्ला शिक्षा कार्यालयको निर्देशनमा जुम्लाका सामुदायिक विद्यालयले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् । माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् ।

भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल देखिन थालेको छ । खासगरी जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो अभियान सुरु भएको छ । माघ २५ गते सरोकारवालासँगको छलफलमा विगतको भन्दा अहिले भर्ना अभियानलाई आधुनिकतासँग गाँसिएको जिल्ला शिक्षा अधिकारी कुलबहादुुर फडेराले जानकारी दिए ।

उनले भने, “माघ २५ देखि फागुन १० गतेसम्म ‘विद्यार्थी भर्ना अभियान’ अन्तर्गत घरदैलो कार्यक्रम निरन्तर छ, त्यसका साथै बालबालिका भर्नाबारे चाँडो जानकारी होस् भन्ने हेतुले एकदेखि अर्को विद्यालय, शिक्षक, अभिभावक सबैसँग अङ्ग्रेजी नेपाली दुवै माध्यमबाट एसएमएस गर्ने कार्यलाई पनि प्रधानताका साथ प्रचारप्रसारमा ल्याएका छौँ ।” त्यसैगरी यो अभियानसँग सम्बन्धित इलाकास्तरीय बैठक सञ्चालन गर्ने विद्यालय निरीक्षकसहितको टोली पनि कार्यस्थलमा खटाइएको उनले बताए ।

कार्यालयका शाखा अधिकृत महेशदत्त देवकोटाले तीनदेखि चार प्रतिशत विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था निकै जोखिमपूर्ण रहेको बताए । तिनमा अशक्त, अपाङ्ग, गरिब, विपन्न, सडक तथा कामदार बालबालिका रहेको उनको भनाइ छ । अधिकृत देवकोटाका अनुसार जुम्लाका १६८ विद्यालयका जम्मा ३८ हजार २२१ विद्यार्थीमध्ये प्रारम्भिक बाल विकासमा २९५६, प्राथमिक विद्यालयमा २१ हजार ३६६, निमाविमा सात हजार ७२९, माविमा चार हजार ८२१ र उच्च माबिमा एक हजार ३४९ विद्यार्थी अध्ययन छन् ।

तीन वर्ष पुगेका बालबालिकालाई बालविकास केन्द्र र पाँच वर्ष पुगेकालाई नजिकैको विद्यालयमा भर्ना गर्न जिल्ला शिक्षा कार्यालयले विशेष प्रचारप्रसार कार्यक्रम अघि बढाएको छ ।

प्रकाशित मितिः २०७३ फागुन ३

वि.सं.२०७३ फागुन ३ मंगलवार १५:१५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...