back
NMB ad

गाउँमा सौर्य ऊर्जाको प्रयोग बढ्दो

Kumari bank ad

कञ्चनपुर। बढ्दो विद्युत्भार कटौतीका कारण विद्युतीय ऊर्जाको विकल्पका रुपमा कञ्चनपुरका ग्रामीण क्षेत्रका बासिन्दा सौर्य ऊर्जाको प्रयोग गर्न थालेका छन् । घरायसी प्रयोजनका लागि सौर्य ऊर्जाको माग यहाँका ग्रामीण क्षेत्रमा बढ्दो रुपमा रहेको छ ।

सौर्य ऊर्जाको यहाँका बासिन्दाले पानी तताउने, कम्प्युटर चलाउन, टेलिभिजन, पङ्खा र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् । शङ्करपुरका रामप्रसाद रानाले विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा प्रणाली प्रभावकारी भएको उल्लेख गर्दै बाढीले विस्थापनमा पारेपछि लालझाडी वन छेउ विद्युत्को विकल्पका रुपमा चार वर्षदेखि सौर्य ऊर्जा प्रणाली जडान गरेर विद्युत्को आपूर्ति गर्दै आएका बताए । विद्युत् नपुगे पनि विकल्पका रुपमा सौर्य ऊर्जाको प्रयोग गर्दै आएको उनले बताए ।

घरेलु सौर्य विद्युत् प्रणालीमा सरकारले रु चार हजारदेखि रु १० हजारसम्म अनुदान दिने भएकाले यसप्रति ग्रामीण क्षेत्रका बासिन्दा बढी आकर्षित भएको नौखरीका खडक चौधरीले बताए । “एकल महिला, पिछडिएका वर्ग, विपत्ती पीडित, गरिब, द्वन्द्वबाट प्रभावित तथा सरकारले पहिचान गरेका लोपोन्मुख जनजातिको हकमा प्रति लक्षित घरधुरीलाई थप अनुदान रकमसमेत उपलब्ध गराउने सरकारी व्यवस्थाले सघाउ पु¥याएको छ” – उनले भने ।

रु १० हजारदेखि रु ५० हजारसम्ममा सौर्य ऊर्जा विद्युतीय प्रणाली जडान गर्न सकिने र विद्युत्भार कटौतीको विकल्पका रुपमासमेत सर्वसाधारणले यस प्रणालीको उपभोग गर्दै आएका छन् । बढ्दो विद्युत्भार कटौतीले सौर्य ऊर्जाको महत्व बढाएको उल्लेख गर्दै जिल्ला विकास समितिको ऊर्जा तथा वातावरण एकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिनेश लम्सालले इन्भर्टर र जेनेरेटरको खर्च धान्न नसक्ने सर्वसाधारणका लागि सौर्य ऊर्जा उपयोगी सावित भएको बताए ।

विसं २०६५ देखि ऊर्जा तथा वातावरण एकाइको यहाँ स्थापनापछि सौर्य ऊर्जाको खपत बढेको हो । कञ्चनपुरमा २०६५ सालदेखि हालसम्म सौर्य ऊर्जाको प्रयोग गर्नेको सङ्ख्या एक हजार ६९ पुगेको छ ।

प्रकाशित मितिः २०७३ पुस २७

वि.सं.२०७३ पुस २८ बिहीवार १२:४७ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...