back
NMB ad

महानगरमा पुराना सौर्यबत्ती मर्मत नहुँदै ७ हजार बत्ती थप्ने तयारी

Kumari bank ad

काठमाण्डौं । १८औँ सार्क शिखर सम्मेलनका दौरान काठमाडौंका मुख्य सडकमा जडान गरिएका सौर्यबत्ती बल्न छाडेका छन्। डेढ वर्ष नहुँदै बत्ती बल्न छाडेका वेला राजधानी काठमाडौंका सडकमा थप साढे सात हजार बत्ती बाल्ने तयारी भइरहेको छ। तर, यसलाई सर्वसाधारणले संशयको दृष्टिले हेरेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

१८औँ सार्कका वेला विद्युत् प्राधिकरणले घन्टाघर, रत्नपार्क, भृकुटीमण्डप सडकखण्ड हुँदै भद्रकाली, सिंहदरबार हुँदै माइतीघर मण्डला सडकखण्ड, माइतीघरदेखि थापाथली हुँदै त्रिपुरेश्वर र सुन्धारासम्म सौर्यबत्ती जडान गरेको थियो।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै तिनकुने खण्ड, तीनकुनेदेखि एयरपोर्ट हुँदै गौशाला खण्डमा पनि प्राधिकरणले नै सौर्यबत्ती राखेको थियो। पुरानो बसपार्क आसपासका क्षेत्र, न्युरोडदेखि हनुमानढोकासम्मको सडक क्षेत्र, धरहरा आसपासका क्षेत्र, केशरमहलदेखि पानीपोखरी हुँदै शीतलनिवास र शीतलनिवासदेखि महाराजगन्ज सडकखण्डमा भने महानगरपालिकाले सौर्यबत्ती राखेको थियो।

९ करोडको बत्ती डेढ वर्षमै बिग्रिदै

धुलो र मर्मतको अभावमा अहिले सडकमा रहेका सौर्यबत्ती बल्न छाडेका हुन्। काठमाडौं महानगरपालिकाका अनुसार अहिले पाँच सयभन्दा धेरै सौर्यबत्ती बल्न छाडेका छन्। सार्क सम्मेलनअघि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले नौ करोड रुपैयाँभन्दा धेरै खर्च गरेर मुख्य सडकमा सौर्यबत्ती जडान गरेका थिए।

प्रकाशितः २०७२ चैत्र २५

वि.सं.२०७२ चैत २५ बिहीवार १०:४३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...