back
NMB ad

प्रमुख श्रीमान र उपप्रमुखमा श्रीमती

Kumari bank ad

सोलुखुम्बु । नेकपा एमालेले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रमुख र उपप्रमुखमा श्रीमानरश्रीमती परेका छन् ।
उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा शनिबार सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले जिल्लामा टुङ्ग्याउन नसकेपछि एमालेले प्रमुख पदमा सात र उपप्रमुख पदमा चारजनाको नाम सिफारिस गरेको हो ।

प्रमुख पदमा वीरउदास श्रेष्ठसँगै आङ दामी शेर्पा, बच्चुनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, दोर्जी जाङबु लामा, सन्तोष मगर र डिबी राणापाल तथा उपप्रमुख पदमा कल्पना राई, मनकुमारी बस्नेत, याङडी लामा र सूर्यकुमारी सुनुवारको नाम सिफारिस गरेको प्रचार विभाग उपसंयोजक जगनाथ बास्तोलाले जानकारी दिए । कल्पना राई जिल्ला समिति प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठकी श्रीमती हुन् ।

यसैगरी सो दलले ६ वटा गाउँपालिकाको प्रमुख÷उपप्रमुख, वडाअध्यक्ष र सदस्यको उम्मेदवारको नाम पनि छनौट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ । जसअनुसार सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई र उपप्रमुखमा लक्ष्मी बस्नेत, दूधकौशिका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत, नेचा सल्यान गाउँपालिका प्रमुखमा डुफकुमार बास्तोला र उपप्रमुखमा सबिना राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै दूधकोसी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई, उपप्रमुखमा जुनिता मगरलाई उम्मेदवार बनाएको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, उपप्रमुखमा टासील्हामु शेर्पा र लिखु पिके गाउँपालिका प्रमुखमा पोष्टकुमार कार्की र उपप्रमुखमा पल्मु शेर्पालाई उम्मेदवार बनाएको छ । – रासस

प्रकाशित मितिः २०७४ बैशाख १०

वि.सं.२०७४ वैशाख १० आइतवार १४:३० मा प्रकाशित

You can share this post!

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...