back
NMB ad

५ वर्षीय सुप्रिनाले गाइन दशैंमा यस्तो गीत, हेर्ने सबैलाई रुवाइन् !

Kumari bank ad

काठमाडौं । उमेरले साँढे पाँच वर्ष पुरा भई ६ तर्फ लम्किँदै छिन् सुप्रिना कार्की । मण्टेश्वरीको सिनियर किन्नर गार्टन अर्थात (एसकेजी) नवनीत टोडलर्स जोन कुलेश्वरमा पढ्दै छिन् । उनका आमा–बाबा (शुभाश र सुनिता) ६ महिना अघि मात्र एक्ली छोरी सुप्रिनालाई ठुलोममी–ठुलोबाबाको साथमा छाडेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेका छन् ।

suprina karki song 11
सुप्रिनाको लालन–पालन, शिक्षा–दिक्षा, इच्छा–आकांक्षाको परिपुर्तिमा उनका ठुलोममी, ठुलोबाबाले कुनै कसर बाँकी राखेका छैनन् । उनी खुशीका साथ खेल्दै रमाउँदै हुर्किँदै छिन् । साँझ विहान आमा बाबासंग प्रविधिको उपहार भाइवर, स्काइप र फेसबुकका भिडियो च्याटमा पनि कुराकानी गर्छिन, चुम्बन गर्छिन्, माया, खुशी र दुःख दर्शाउँछिन् । तर पनि स्वभावैले बालसुलव÷बाल मनोविज्ञानले आमा–बाबाको काखको खोजी त गर्छ नै ! यस्तै आमाबाबाको काखमा बसेर खेल्ने, संगै हुने, चाड पर्वमा आमा–बाबाको हात समाउँदै नयाँ नाना लगाएर मामाघर जाने रहर सुप्रिनालाई नहुने कुरै आउँदैन, जुन ठुला भैसकेकाले त त्यो बाला पन बिर्सन सकेको हुँदैनन् ।

suprina karki song 9
पढाईमा तिक्ष्ण उनी स्कुलका अतिरिक्त कृयाकलापमा झनै तिक्ष्ण छिन् । उनको स्कुलले पनि मस्ट ट्यालेण्टेड स्टुडेन्ट घोषणा गरेको छ । प्रि अन्तर विद्यालय स्तरिय गायन प्रतियोगितामा पनि सुप्रिनाले स्कुलको इज्जत बढाएकी छिन् स्वर्ण पदक ल्याएर । उनको सबै रिजल्ट ‘ए प्लस’ आएका छन् । सुप्रिनाको यो प्रतिभा देखेर उनका स्कुलका शिक्षक, शिक्षिका पनि खुशी र उत्साहित छन् । हालै भएको अन्तर विद्यालय स्तरिय प्रतियोगितामा समेत उत्कृष्ट भए पछि स्कुलले सुप्रिनाको प्रतिभालाई बाहिर ल्याउनु पर्छ भन्ने निचोडमा पुग्यो र उनका बाबा शुभाशको सम्पर्क पुग्यो ।

suprina karki song 6
आफ्नी छोरीको प्रतिभालाई बाहिर ल्याउन र खुशी राख्न उनका आमा–बाबा पनि किन पछि पर्छन् र ! उनीहरुले स्वीकृति दिए । सुप्रिनाको स्वरमा एउटा गीत रेकर्ड गराउने सहमती बन्यो । आवश्यक खर्चको बन्दोबस्त आमा बाबाले गरिदिए तर शब्द रचना कस्तो गर्ने शिक्षक शिक्षिकाको थाप्लोमा आयो । सहमती बनेको दुई दिनमै उनका संगीत शिक्षक मोहन मगरले शब्द तयार गर्न साथी केडी राईलाई अनुरोध गरे जुन सुप्रिनाकै वास्तविक जीवन कहानी समेटिएको छ ।

suprina karki song 1
ए आमा दशैं आयो रे
ए बाबा तिहार आयो रे
चङ्गा र लट्टाई हात हातमा समाई
भन्छन् साथीहरु खेल्दै रमाई
हजुरहरु धेरै टाढा पराई देशमा
आँशु झारी बस्दै छु म यहाँ घरैमा ….
आउँथ्यो पहिला दशैं तिहार खुशी बोकेर
आमाको माया फुल्थ्यो सयपत्री फुल बनेर
बाबाको माया फुल्थ्यो मखमली फुल बनेर

suprina karki song 5
जुन गीत एक साता भित्र रचना, संगीत र रेकर्डिङ सकेर कभर भिडियो छायाँकन समेत पुरा भएर तीन दिन अघि मात्र युटुवमा राखिएको छ । सुप्रिनाको जीवन कहानी भए पनि आफ्नो र बालबालिकाको उज्वल भविष्य बनाउने सपना बोकेर संसारका विभिन्न कुना काप्चामा पुगेका लाखौं नेपालीको बास्तविक कहानी मेल खान्छ । लाखौं बालबालिकाको कहानी सफल सुप्रिना युटुवमा अत्याधिक डाउनलोड भएको गीतको रेकर्ड कायम गरेको छ । सुप्रिना आफैले मोडलिङ गरेको गीत सुन्दा र भिडियो हेर्दा जो सुकैको मन भक्कानिएर आउँछ । धरैका आँखा रसाउँछन् अझ आफ्ना बालबालिका परिवारको साथ छाडेर प्रदेशमा पसिना बगाउँदै गरेकाले त कसरी थामुन र मन !

suprina karki song 8
हेर्नुहोस सुप्रिनाको स्वर र अभिनय, केडी राईको रचना, मोहन मगरको संगीत र श्री रचनाको निर्देशनमा विश्व मिडियाले बजारमा ल्याएको बालगीत ।

https://www.youtube.com/watch?v=fEYf_eOpzd8

आमा बाबाकै प्रेरणाले …

सुप्रिनाका बाबा शुभास कार्की आफ्ना वरपर कुनै सांगितिक कार्यक्रम हुँदा स्टेजमा पुगेर गाउन रुचाउँछे । प्रतिष्ठित गायकका गीतहरु ट्रयाक म्युजिकमा गाउन रुचाउने शुभासले छोरीलाई पनि गाउन लगाउँथे । पढाईमा तिक्ष्ण छोरीलाई युटुवमा साना बालबालिकाले गाएका बालगितहरु देखाउने र यस्तै गर्न लगाउँथे । सुप्रिना एक पटक सुनेको शब्द टपक्कै टिपेर गाउन सक्थिन् । आमा बाबाले छोरीलाई फुक्र्याएर खुशी साट्न उकास्थे । आज उनै छोरीले गीत गाए पछि हर्ष विभोर भएका छन् । आफ्नी छोरीसंग टाढा बस्नु पर्दाको पिडा, आफ्नै कहानीमा गाएको तिखो स्वरले चसक्क मन दुखाउँछ तर छोरीले जुन प्रगति गरेर देखाइन हामी पनि यहाँ खुशीले गद् गद छौं अष्ट्रेलियाबाट शुभाशले भने अव हामी हाँस्ने, हाम्रै जस्तो कहानी भएका अरुलाई रुवाउने …
२३ असोज २०७३

वि.सं.२०७३ असोज २३ आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...