back
NMB ad

थाहा पाइराख्नुहोस्, नौ कम्पनीले ल्याउँदैछन् ९६ लाखभन्दा बढी कित्ता साधारण सेयर (आईपीओ) !

Kumari bank ad

काठमाण्डौं । विभिन्न नौ कम्पनीले छिट्टै करिब ९६ करोड १४ लाख सात हजार रुपैयाँ बराबरको ९६ लाख १४ हजार सात सय ८९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेका छन् । दसैंपछि लगानीकर्ताले यो मूल्य बराबरको सेयरमा लगानी गर्न पाउने भएका छन् ।

आईपीओ निष्कासनको तयारी गरिरहेका नौ कम्पनीमध्ये हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर लिमिटेड, आँखु खोला जलविद्युत् कम्पनी लिमिटेड, अरुण काबेली, च्याङ्दी हाइड्रो पावर कम्पनी र मैलुङ खोला गरी छवटा जलविद्युत् कम्पनी छन् । यस्तै अन्य तीन कम्पनीमा समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आईपीओ, माहुली सामुदायिक लघुवित्तको आईपीओ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपीओ रहेका छन् ।

समता र माहुलीको आईपीओ लगानीकर्ताले सय रुपैयाँ अंकित मूल्यमा खरिद गर्न सक्ने सक्नेछन् भने नेपाल लाइफ इन्स्योरेन्सको एफपीओको सेयरमूल्य तोकिएको छैन् । यी सबै कम्पनीले सेयर निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।

अरुण काबेली पावरले ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । काबेलीले ३० करोड रुपैयाँ बराबरको सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापीटललाई नियुक्त गरेको छ । कम्पनीले सेयर निष्कासनका लागि गत असार २८ गते नै धितोपत्र बार्डमा आवेदन दिएको थियो ।

आँखुखोला जलविद्युत् आयोजनाले २० करोड रुपैयाँ मूल्य बराबरको २० लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गर्न इक्रा नेपालबाट रेटिङ गराइसकेको जनाएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले एक सय दरका ३१ लाख ९६ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । यो सेयरमध्ये कम्पनीले १० लाख ६५ हजार कित्ता सेयर आयोजना प्रभावित बासिन्दाका लागि र बाँकी २१ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ ।

च्याङ्दी हाइड्रोेले आठ लाख १० हजार कित्ता साधारण सेयर निष्कासनको प्रक्रियामा छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई सेयर बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त कम्पनीले स्थानीय आयोजना प्रभावितका लागि छुट्याइएको साधारण सेयरको संख्या उल्लेख गरेको छैन । जलविद्युत् कम्पनीको हकमा सरकारले स्थानीयका लागि १० प्रतिशतसहित न्यूनत्तम २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले यसै वर्षमा तीन करोड ६८ लाख १४ हजार तीन सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार एक सय ४३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यो कम्पनीले निष्कासन गर्न लागेको सेयरमा स्थानीय बासिन्दाले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकेको छ ।

नेपाल हाइड्रो डेभलपरले दुई करोड ६० लाख मूल्य बराबरको दुई लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित सेयर बिक्री प्रबन्धकका रूपमा एनबी क्यापिटललाई नियुक्त गरेको छ ।

समता माइक्रोफाइनान्स वित्तीय संस्थाले यस वर्षनै ९४ लाख ८० हजार रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ । संस्थाले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको अधिकार एनआईबीएल क्यापिटललाई प्रदान गरेको छ । माहुली सामुदायिक लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यका एक लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

१ कार्तिक २०७३, १.००

वि.सं.२०७३ कात्तिक १ सोमवार १४:०२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...