काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको ५० प्रतिशत हकप्रदको बिक्री खुल्ला भएको छ । स्वरोजगारले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।।
लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता सेयर जारी गर्नेछ ।
यसको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । जेठ १६ गतेसम्म कायम सेयरधनीले स्वरोजगार लघुवित्तले निष्काशन गर्न लागेको सेयर भर्न पाउँछन् ।
स्वरोजगार लघुवित्तका कार्यालय, एनएमबि क्यापिट नागपोखरी, एनएमबि बैंकका शाखा कार्यलयहरु तीनकुने, सूर्यविनायक, कुमारीपाटी, बनेपा, बुटवल, महेन्द्रनगर, धरान, विराटनगर, सुर्खेतरोड, नेपालगञ्ज, धनगढी, पोखरा, विरगञ्ज, भानुचोक, जनकपुर, चितवन, विर्तामोड, झापाबाट उक्त हकप्रद भर्न पाइनेछ ।
स्वरोजगार लघुवित्तको हकप्रद सेयर साउन ४ गतेसम्म खुला रहनेछ ।
प्रकाशित मितिः २०७४ असार १
वि.सं.२०७४ असार १ बिहीवार ११:३१ मा प्रकाशित