back
NMB ad

लामाको नेतृत्वमा सोट्टो–नेपाल सर्वसम्मत, खड्काको नेतृत्वमा पर्यटन प्रबद्र्धनका उदाहरणीय काम

Kumari bank ad

काठमाडौं । सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपाल नवौं बार्षिक साधारणसभाले अनिल लामाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । पुष २ गते शनिवार सम्पन्न साधारणसभाले प्रथम उपाध्यक्षमा भोला खड्का, द्वितीय उपाध्यक्षमा मधुसुदन उपाध्याय, महासचिवमा नारायण पराजुली, सचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा मानबहादुर शाही र सह–कोषाध्यक्षमा रेश्मा रन्जितलाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा ध्रुबकुमार लुईंटेल, दिनेश बस्नेत, देवराज खनाल, मनोजकुमार चौधरी, कमल जीसी, अर्जुनप्रसाद अधिकारी र विष्णुप्रसाद भण्डारी चयन भएका छन् ।

Sotto2

दुई वर्षे कार्यकाल रहने सोट्टो नेपालमा १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । जस्मा निवर्तमान अध्यक्ष यमबहादुर खड्का कार्यसमितिको सदस्य रहनेछन् भने दुई सदस्य नयाँ कार्यसमितिले चयन गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष लामाले विगतमा भएको राम्रो काम र व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो कार्यकाल निकै चुनौतिपूर्ण रहेको बताए । तर त्यसलाई सहज रुपमा पार लगाउन आफु सक्षम हुने उको विश्वास थियो ।
निवर्तमान अध्यक्ष यमबहादुर खड्काले देशका विभिन्न स्थानको पर्यटनको प्रबद्र्धनात्मक कार्यक्रमलाई कार्यक्रममा सबैले प्रशंसा गरेका थिए । उनले पछिल्लो समय गरेको कर्णालीको गाभर भ्यालि(राराबास) देखि रारा टुर प्याकेजले त्यस क्षेत्रमा ल्याएको पर्यटकको आगमनलाई सबैले मुक्तकण्ठले प्रशंशा गरेका थिए ।
खड्काको नेतृत्वमा लुम्बिनीदेखी प्यूठानको स्वर्गद्धारीसम्म लगायत आन्तरिक पर्यटनको प्रबद्र्धनमा उल्लेखनीय योगदानका साथै बाह्य पर्यटन प्रबद्र्धनमा पनि उत्तिकै योगदान पुर्याएका थिए ।

प्रकाशित मितिः २०७३ पुस ३

वि.सं.२०७३ पुस ३ आइतवार १९:११ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...