Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018

शारदा पौडेलको अध्यक्षतामा नेपाल स्वास्थ्य स्वयंसेवी संघ सर्वसम्मत

October 15, 2017

soyemsebi

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघको तेश्रो राष्ट्रिय अधिबेशनले शारदा पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिबेशनले उपाध्यक्षहरुमा सावित्री मैनाली,प्रेमपूर्ण योगी र गिता थिंङलाई चयन गरेको छ । त्यस्तै महासचिव रत्ना रिजाल,उप–महासचिवहरुमा प्रभा पौडेल र सिता लामा,सचिवमा बीना चालिसेलाई चयन गरेको छ । अधिबेशनले सदस्यहरुमा बीमला प्रसाई,देबी दुलाल, शोभा यादव, गङ्गा राजथला,कृति कुमारी खड्का, शान्ता रार्इ, निलकुमारी महर्जन,देउकला बराल,बिमला परियार,सरस्वती सुवेदी,टिकाकुमारी अधिकारी,अम्बिका भण्डारी लाई चयन गरेको छ । बाँकी तीन सदस्य पछि मनोनित गरिने जानकारी दिईयो ।

उक्त अवसरमा नवनिर्वाचित कमिटीलाई बधाई दिंदै जिफन्टका महासचिव विष्णु लम्सालले संगठनको नीति रुपान्तरणतर्फ केन्द्रीत बन्नुपर्ने भन्दै नयाँ आउने नेतृत्वले सामुहिक नेतृत्व र सामाजिक परिवर्तनको मुद्धालाई बोक्न सक्नुपर्ने शुभकामना दिए । उनले आगामी ४ बर्षका लागि आवश्यक ठोस योजना सहित अगाडी बढ्न पनि आग्रह गरे ।

अधिवेशनको आइएलओ गभर्निङ बडीकी सदस्य विन्दा पाण्डेले उद्घाटन गरेकी थिईन् ।

प्रकाशित मितिः २०७४ असोज २९

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु