Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

बार्सिलोनामा आतंकवादी हमला हुँदा १३ को मृत्यु

August 18, 2017

spain

काठमाडौं । स्पेनको बार्सिलोनामा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । । बार्सिलोना आक्रमणपछि क्याम्ब्रिल्स बन्दरगाह क्षेत्रमा पनि आक्रमण भएको हो ।
प्रहरीले मानिसहरुलाई सडक क्षेत्रबाट टाढै रहन अपिल गरेको छ । अक्रमणमा परि ८० जना घाइते भएका छन् । दोस्रो आक्रमणलाई स्पेनी प्रहरीले रोकेको जनाइएको छ ।

यसअघि बार्सिलानाको पर्यटकीय क्षेत्र लास राम्बलास क्षेत्रमा मानिसहरुको भिडमा कार आक्रमण भएको थियो । आक्रमणकारीले मानिसहरुको भिडमा लगेर भ्यान जोताउँदा मानिसहरुको हताहती भएको थियो । यो आक्रमणमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यसलाई ‘आतंककारी हमला’को संज्ञा दिएको छ ।
आक्रमणमा स्लामिक स्टेटको संलग्नता रहेको अनुमान छ ।

प्रकाशित मितिः२०७४ भदौ २

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु