back
NMB ad

पोखरालाई खेलकुदको राजधानी बनाउने

Kumari bank ad

पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिए ।

सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताका ५ देखि ६ खेल पोखरामा गर्न लागेको र खेलकुद सुरु गर्नुभन्दा अघि नै त्यसका लागि सुरु गरिएका पूर्वाधार सम्पन्न गरिने विचार व्यक्त गर्दै सचिव दाहालले समग्र खेलकुदको लागि राज्यबाट वार्षिक रु २ अर्ब २४ करोड मात्रै छुट्टाइनु ज्यादै न्यून भएको जिकिर गरे ।

उनले पोखरा रङ्गशालाको पूर्वाधार विकासका लागि मन्त्रालयले रु ३ करोड ५० लाख छुट्टाएको बताए । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रङ्गशालाको हातामा मिडिया सेन्टर निर्माणका लागि रु २० लाख विनियोजन भएको जानकारी गराए ।

मञ्चका जिल्ला अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव रञ्जन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः २०७४ असार २०

वि.सं.२०७४ असार २० मंगलवार ११:३६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...