काठमाडौ । नवौँं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौँ निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तरीय उक्त प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रको छनोट यही फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिए ।
जिल्लाव्यापी प्रतियोगितामा यी तीन खेलसहित कराँते, तेक्वान्दो र उसुमा पनि प्रतिस्पर्धा हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले बताए ।
फागुन २० गतेदेखि २२ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रकाशित मितिः २०७३ फागुन ४
वि.सं.२०७३ फागुन ४ बुधवार १५:५७ मा प्रकाशित