back
NMB ad

बैंकले ल्याउँदैछ ६७ हजार ७६७ कित्ता एफपिओ, प्रतिकित्ता ९८४ रुपैयाँ !

Kumari bank ad

काठमाण्डौं । नेपाल एसबिआई बैंकले प्रतिकित्ता ९८४ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको छ । ६७ हजार ७६७ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ८८४ रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्कासन गर्न प्रस्ताव गरेको हो ।

नेपाल धितोपत्र बोर्डले यसमा निर्णय गर्न बाँकी नै रहेको छ । बैंकले संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०/३० कायम गर्न यो एफपिओ जारी गर्न लागेको हो । बैंकले यस अघिनै गत आर्थिक बर्षको कमाईबाट २८ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत गरिसकेको छ ।

चालु आर्थिक बर्षको पहिलो तीन महिना असोज मसान्तसम्ममा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, नेटवर्थ १ सय ८८ रुपैयाँ ७९ रुपैयाँ रहेको छ ।

हाल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यसपछि ६७ हजार कित्ता एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ करोड रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडाकोषमा रहनेछ ।

९ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर ९ बिहीवार १३:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...