Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, भाद्र ६ , २०७४  |  
Tuesday, August 22, 2017

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको अध्यक्षमा पुनः प्रियराज रेग्मी

January 8, 2017

stock brokers association committee nepal

काठमाण्डौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः प्रियराज रेग्मी चुनिएका छन् । संघको शनिबार सम्पन्न साधारण सभाले रेग्मीको अध्यक्षतामा १० सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा भरत रानाभाट, महासचिव सन्तोष मैनाली, सचिवमा टंकप्रसाद गौतम र कोषाध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् । यसैगरी, समितिका सदस्यहरुमा राजकुमार तिमिल्सिना, बिनोद ढकाल, रमणदेव पन्त, सन्तोष पौडेल र संजिला अर्याल निर्वाचित रहेका छन् । साधारणसभाले अर्थिक वर्ष २०७२/०७३ को अध्यक्षको प्रतिवेदन, संघको वासलात सहितको आयव्यय विवरण पनि सर्वसम्मतिले पारित गरेको छ । कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

२४ पुस २०७३, १२।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु