back
NMB ad

अब ऋण लिएर सेयर किन्न पाइने, हेर्नुहोस् के हुँदैछ यो विषयमा

Kumari bank ad

काठमाण्डौं  । नेपाल राष्ट्र बैंकले विपन्न परीवारलाई लगानीका रुपमा प्राथमिक सेयर खरीद गर्न सहयोग गर्ने भएको छ। सेयर खरीदका लागि ऋण उपलब्ध गराउने बैंक तथा वत्तीय संस्थाहरुको त्यो रकम विपन्न क्षेत्र कर्जा अन्तर्गत राख्न पाउने छन्।

कुल ऋणको दुई प्रतिशत प्रत्यक्ष रुपमा आफैले लगानी गर्नु पर्ने राष्ट्र बैंकको नीतिपछि बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भएको थियो। अब सेयर किन्न दिने ऋण पनि विपन्न वर्गमा समेटिने भएपछि बैंकहरुलाई केही राहत मिल्ने भएको छ।

‘बैंकहरुले गम्भिर रुपमा लिएर लगानी गर्ने योजना ल्याए भने हामी त्यस्तो ऋणलाई विपन्न वर्गमा गणना गर्न तयार छौं’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, अहिले व्यवस्था छैन। तर बैंकहरुले लगानी गर्ने भएमा नीतिगत व्यवस्था गर्न सकिन्छ।’

राष्ट्र बैक उच्च व्यवस्थापनबाट सार्वजनिक रुपमै विपन्न वर्ग कर्जाको परिभाषा फराकिलो पार्ने प्रस्ताव आएपछि बैंकरहरुले यसलाई सकारात्मक मानेका छन्।

राष्ट्र बैंकले सबै संस्थाको सेयर किन्न भने यो व्यवस्था गर्न लागेको होइन। आरक्षित गरिएको सेयर पनि पैसा नभएकै कारण खरीद गर्न नपाएका विपन्नहरुका लागि मात्र यो व्यवस्था गर्न लागेको हो।

खासगरी जलविद्युत आयोजनाहरुले प्रभावित स्थानीय वासिन्दाका लागि छुट्याएको सेयर आर्थिक स्थिति कमजोर भएकै कारणले धेरैले लगानी गर्न सकेका छैनन्। त्यस्ता परिवारका लागि ऋणको व्यवस्था राष्ट्र बैंकले मिलाउन लागेको हो।

अहिले बैंकहरुले विपन्न वर्गमा प्रत्यक्ष रुपमा लगानी गर्नु पर्ने व्यवस्था छ। यो व्यवस्थापछि बैकहरुले हरेक छलफलमा राष्ट्र बैकसँग यसलाई हटाउन माग गर्दै आएका छन्। बैंकरबाट वारम्वार माग आएपछि राष्ट्र बैंकले कर्जा लगानीको क्षेत्रलाई फराकिलो पारेर सहज गरिदिन खोजेको हो।

२० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २० बिहीवार ११:१४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...