back
NMB ad

२२ अंकले बढ्यो सेयर बजार,हेर्नुहोस् कमाउने कम्पनीहरुमा को–को परे ?

Kumari bank ad

काठमाडौ । आइतबार सेयर बजार २२.३४ अंकले बढेर १४६५.६२ अंकमा पुगेको छ । आइृतबार क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ५.०८ अंकले बढेको छ । यसदिन फाइनान्स र उत्पादनमूलक बाहेक बाँकी कारोबार भएका सबै समूह बढेपछि समग्र बजार नै हरियो रंगले पोतिएको छ ।

आइतबार सबैभन्दा धेरै होटल समूह ३५.६४ अंकले बढेको छ भने बैंकिङ समूह २९.३४ अंकले बढेको छ । त्यस्तै, बीमा समूह २७.६७ अंकले बढ्दा जलविद्युत् २६.१ र विकास बैंक २३.२१ अंकले बढेको छ भने अन्य समूह ७.५२ अंकले बढेको छ । फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ०.४७ र ३९.८६ अंकले घटेका छन् ।

बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आइतबार ५७ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १३४ वटा कम्पनीको १० लाख आठ हजार चार सय छ कित्ता सेयर चार हजार तीन सय २३ पटक खरिदविक्री हुँदा कुल ५७ करोड ३३ लाख ५० हजार रुपैयाँको कारोबार भउको छ ।

कुल कारोबारमध्ये नेपाल दुरसञ्चार कम्पनीको नौ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंकको पनि दुई करोड ८० लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको दुई करोड २७ लाखको कारोबार हुँदा बैंक अफ काठमाण्डू लुम्बिनीको एक करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । देवः विकास बैंक, सिद्धार्थ बैंक, युनिलिभर नेपाल, नेपाल बंगलादेश बैंक, कुमारी बैंक लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।

प्रकाशित मितिः २०७३ पुस १७

वि.सं.२०७३ पुस १७ आइतवार १६:४८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...