back
NMB ad

ढुङ्गा बर्साउने परम्परा जोगाउँदा उल्टो २५९ जना घाइते

Kumari bank ad

विश्वमा अनेकौ किसिमका मानिसहरुको बसोबास रहेको छ र तिनीहरुको आ-आफ्नै परम्परा पनि रहिआएको छ । यसैको एक उदाहरण हो भारतको मध्यप्रदेशमा मायाको लागि जीवन अपर्ण गरेका जोडीको सम्झनामा ढुङ्गा बर्साउने परम्परा ।

मध्यप्रदेशको छिंदवाडा जिल्लामा मायाको लागि जीवन अपर्ण गर्ने जोडीको सम्झनामा ढुङगाले हान्ने परम्परा कायम राख्ने क्रममा गत मंगलबार २५९ जना घाईते भएका छन् । घाईतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको बताईएको छ । प्रत्येक बर्ष आयोजना हुने उप्त मेलालाई ‘गोटमार मेला’ भन्ने गरिएको छ ।

प्रहरी प्रशासनको उच्च सुरक्षाकाबीच धारा १४४ अन्तर्गत निषेधाज्ञा जारी हुँदा पनि ढुङगा हान्ने कार्यक्रम रोकिन सकेन् । प्रहरीले बढ्दो उपद्रो रोक्नको लागि असुर ग्याँस प्रयोग गर्नुपरेको बताइएको छ ।

त्यहाँको मानव अधिकार आयोगले ढुङगा हान्ने कार्य रोक्नका लागि निर्देशन दिएपछि कार्यक्रम स्थलबाट ढुङगा हटाइए पनि कतिपय मानिसले लुकाएर एक अर्कोमाथि ढुङगा बर्साउन थालेको बताइएको छ ।

परम्परा अनुसार सावरगाउँको केटा तथा पांद्र्ना भन्ने गाउँको केटीबिच प्रेम सम्बन्ध थियो । केटाले प्रेमिकालाई भगाएपछि दुई गाउँका मानिसले तानातान गर्न थाले र ढुङगा बर्साउन थाले । तर त्यस क्रममा ति दुई प्रेमिले ज्यान गुमाउन पुगे ।

त्यही घटनाको सम्झनामा दुई गाउँबिच सो कार्यक्रम हुने गर्दछ जुन गाउँले झगडाको क्रममा खोलामा लडउछ उ नै बिजेता भएको मानिन्छ । लगभग दिउसो १२ बजेबाट सुरु भएको सो झगडा प्रहरी प्रशासनले रोक्ने प्रयास गरे पनि साँझ ७ बजेसम्म जारी रह्यो ।

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ असोज ४ बुधवार १०:३२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...