back
NMB ad

एनआरएन मलेसियाका अध्यक्षको नाम किन जोडियो ‘आइएस’ संग ?

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । कालिकोट घर भएका एनआरएन मलेसियाका निवर्तमान अध्यक्ष महेन्द्रजंग शाहलाई विभिन्न अपराधमा संलग्न भनी एकाएक अघिल्लो महिना १९ गते पक्राउ गरी नेपाल डिपोर्ट गरिएको छ । उनी नेपाल आइपुगे लगत्तै नेपाल प्रहरीले समेत १० दिन नियन्त्रणमा लिइ अनुसनधान गरेर धरौटीमा रिहा गरेको छ ।

१४ वर्षदेखि मलेसियामा बस्दै आएका एनआएनका अध्यक्ष शाह लडाकु संगठन इस्लामिक स्टेट (आईएस) मा संलग्न भएको आरोपमा पत्रपत्रिकाले टिप्पणी गरेका छन् । उनलाई मलेसियन सरकारले आईएसमा संलग्न भएको भन्दै पक्राउ गरेको थियो । १४ दिन मलेसियन सरकारको हिरासतमा बसेका शाहलाई नेपाल पठायो अर्थात् डिपोर्ट गर्यो । त्यहाँको नियमअनुसार १४ दिनभन्दा बढि राख्न नमिल्ने र यदि त्यसभन्दा बढि समय राख्नुपरेमा अदालत पेश गर्नुपर्ने भएको हुँदा नेपाल डिपोट गरिएको बताईन्छ ।

यहाँ पनि उनलाई १० दिन हनुमानढोका प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्यो । प्रहरीले उनको अनुसन्धान गर्यो । त्यसपछि सामान्य सार्वजनिक मुद्धामा ४ हजार धरौटी दिएपछि उनलाई जिल्ला प्रशासन कार्यालयले रिहाइ गरेको छ । जव उनी नेपाल आइपुगे तव मलेसिया स्थित सञ्चार माध्यम र त्यसैको कपी गर्दै नेपाली सञ्चार माध्यमले समेत आइएस आइएसमा संलग्नको आशंकामा पक्राउ पछि डिपोर्ट गरेको भनियो । यही प्रसंगबाटै चर्चाकोमा रहेका शाह आईएसमा संलग्न हुन कि होईनन् ? शाहको जवाफ यस्तो छ ।

आईएस जस्तो संबेदनशिल विषयमा कसरी जोडियो ?

म एक सामान्य नेपाली, सामान्य भिसामा मलेसिया गएर आफ्नो दुःख गरेर एनआरएनको अध्यक्ष हुन सफल भएको हुँ । अहिले व्यवसाय गरिरहेको छु । तर म आईएस कसरी भएँ ? आईएस जस्तो संबेदनशील विषयमा राखेर मलाई कसरी जोडियो ? यो कुरा कहाँबाट आयो ? वास्तविक म आईएस हो की होईन ? मलाई न्याय त चाहियो नि ?

आईएस् हो कि होईन ?

यहि न्याय माग्दै संचारकर्मीको साथ माग्दै रिपोटर्स क्लब नेपालमा आएर पत्रकार सम्मेलन गरेको हुँ । म भन्छु, यहाँको प्रशासन र सरकारी निकायले म माथि अनुसन्धान गरोस् । म आईएस् हो कि होईन ?

कि मलाई कारबाही होस्, कि त आईएस्को मुद्धा उठाउने राजदूतलाई …

हैन भने आईएस्को मुद्धा उठाउने मानिसलाई कारबाही हुनुपर्छ । कि त मलाई कारबाही हुनुपर्यो । यसैका लागि मैले पत्रकार सम्मेलन गरेको हुँ । जुन आएका समाचारहरु छन् ती सबै झुटा समाचारहरु हुन् । जति हाईलेभलको पत्रिकाले लेखेको भएपनि समाचार कुनै पनि मिलेको छैन । यस्तो नयाँ–नयाँ समाचारले मैले पनि नयाँ कुरा सिक्दै गएको छु ।

राजदूतले पावरको दुरुपयोग गरे

मलेसियाका लागि राजदूत निरञ्जनमानसिंह बस्नेतको डिजाईनमा मलाई आरोप लगाईएको हो । उहाँ र उहाँका साथीहरु मिलेका छन् । म आरएनको अध्यक्ष बन्दा मेरो प्रतिद्वन्दी हरि भट्टराई हुनुहुन्थ्यो । उहाँले चुनाव हार्नुभयो । तर हार स्विकार गर्नुभएन । उहाँले हार स्विकार गर्न नसकेपछि मलाई फसाउन योजना बुनिएको हो । मलेसियाबाट मलाई डिपोर्ट गर्नुभयो । राजदूत त नेपाल सरकारको प्रमुख हो । उहाँले पावरको प्रयोग अर्थात दुरुपयोग गर्नुभयो । तर नेपालमा पावर लगाउन सक्नुभएन । किनकि नेपालमा त उहाँभन्दा माथिको निकाय छ । उहाँभन्दा माथि प्रशासन र सरकार छ । १० दिनमा सार्वजनिक मुद्धा लगाइयो र छाडियो । मलाई मलेसियामा पनि झुट्टा आरोप लगाएर १४ दिनमा छोडिएको हो । त्यहाँपनि केहि प्रमाण नभएर मलाई १४ दिनमा छाडिएको हो । त्यहाँको नियमअनुसार १४ दिनभन्दा बढि राख्न नमिल्ने र यदि राख्नुपरेमा अदालतमा पेश गर्नुपर्ने भएको हुँदा नेपाल डिपोट गरिएको हो ।

राजदूतले देशलाई नकारात्मक पार्ने दृष्टिकोण उठाउने अधिकार छैन

यदि म आईएस सँग आबद्ध छु भने नेपाल सरकारले दिएको जुनसुकै सजायँ भोग्न तयार छु । हैन भने राजदूतलाई तुरुन्त यहाँ बोलाएर देशलाई नकारात्मकरुपमा अरु देशले हेर्ने दृष्टिकोण उठाउन मिल्ने अधिकार राजदूतलाइ छ कि छैन ? म न्यायको लागि लड्छु । म राजदूताबासको बिरुद्ध होईन राजदूत अर्थात् व्यक्तिका गलत कामको बिरुद्ध लड्छु । राजदूताबास त मेरो पनि हो । उहाँले जुन गलत कदम चाल्नुभयो । म न्यायको लागि लड्छु ।

राजदूतबाटै आईएस सम्म पुर्याउने काम किन गरियो ?

मलाई सफाई चाहियो । राजदूतले आईएससम्म पुर्याउने काम किन गरियो ? म एउटा सामान्य व्यापारी र एनआरएनको अध्यक्षलाई किन आईएस सँग जोडाइयो भन्ने कुरा महत्वपूर्ण कुरा हो । कारण देखाउनु पर्यो । हामीले प्रमाणित डकुमेन्ट (कागजात) दिएका छौं । हामी उहाँ जस्तो बोल्दैनौं । हामीले जुन कुरा गरेका छौं । उहाँले गरेको गल्तीलाई यो गल्ती हो भनेर अगाडि बढिरहेका छौं । हामीले प्रमाण पनि संकलन गरेका छौं ।

राजदूतावास र एनआरएन अध्यक्ष पछि नेपाललाई ठग्ने योजना …

हरि भट्टराई भन्ने व्यक्ति उहाँ म्यानपावर व्यवसायी हो । मलेसियामा पनि म्यानपावर छ र यहाँ पनि छ । मलाई फसाउने यो उहाँहरुको ठूलो रणनीति हो । राजदूतावास र एनआरएन अध्यक्ष भईसकेपछि उहाँहरुले नेपाललाई ठग्ने योजना बनाउनुभएको छ । जुन कोप्रासी भनेर ३६ करोडको मुद्धा छ । सुरुमै कोप्रासी थियो । यसलाई एनआरएनको अध्यक्षबाट सहयोग भयो भने मजबुत हुने हिसाबले सहयोग माग भएको थियो । तर त्यो मैले हुन दिईन । धेरै नेपाली ठग्नबाट मैले बचाएको हो ।

कोप्रासी के हो ?

कोप्रासी एउटा प्राईभेट कम्पनी हो । मलेसियामा अबैधानिक अनडकुमेन्ट जो छन् उहाँबाट नेपाल पठाउने संस्थालाई राजदूतले केहि कमिशन खाएर उहाँलाई टेन्डर पास गरिदिनुभयो । त्यो पनि राजदूतावासको हलमा भाडा नलिएर कम्पनीलाई उपलब्ध गराउनुभयो । यसमा सबैले बुझ्न सक्छन्, केहि न केहि शंका छ । हामी नेपाली हो । हामी नेपालीले राजदूतावासमा गएर सबै डकुमेन्ट दिएपछि पासपोर्ट बनाउने हाम्रो अधिकार हो । तर उहाँ यसरी लाग्नुभयो कि मलेसियाको कोप्रासी प्राईभेट कम्पनीलाई १२५० तिर्ने, त्यो रिसिभ ल्याउने र बल्ल हामी नेपालीले कागजात पाउने यो कुन देशको नियम हो ? यसको बिरोध गरेको हो । यसले धेरै निउँ खोज्न लाग्यो भनेर राजदूतावासको पावर देखाउँछु भनेर मलाई भनेरै उहाँले यसो गर्नुभएको हो ।

आईएस भए मलाई कारबाही हुनैपर्छ

यो विषयलाई राजदूतले आज आईएससम्म पुर्याउनुभयो । किन भने म आईएस भए मलाई कारबाही हुनैपर्छ । मैले सजायँ भोग्नुपर्यो । मेरो गल्ती छैन भने राजदूतलाई कारबाही हुनुपर्छ भन्ने मेरो माग हो ।

आईएसमा भए फाँसी दिएपनि स्विकार छ

अब त सरकारले आफ्नो तरिकाले हेरिरहेको होला । राजदूतको विषयमा पनि केहि होला । राजदूतलाई पनि केहि अनुसन्धान भईरहेको होला । मलाई त्यतिकै छोड्नुभएको छैन । कि त म आईएस भएर कारबाही हुनुपर्यो, मलाई जुनकुनै सजायँ अर्थात् फाँसी दिएपनि म स्विकार गर्न तयार छु ।

आइएसबारे मलेसियाका राजदूतको अबैधानिक चिठीले नेपालमा खैलाबैला !

हैन भने सामान्य स्वार्थले राजदूत बस्नेतको अबैधानिक चिठीले आज नेपालमै खैलाबैला भयो । देशको इस्यु भयो । यसका लागि राजदूतलाई नेपाल सरकारबाट कारबाही हुनुपर्छ भन्ने मेरो माग हो । उहाँलाई तुरुन्त बोलाएर यो विषय के हो भनेर खोज्नुपर्यो ।

राजदूत निरञ्जनमानसिंह बस्नेत पैसै खानका लागि गएको रहेछन्

निरञ्जनमानसिंह बस्नेत पैसै खानका लागि गएका रहेछन्, त्यहि नै बुझियो । यो भन्दा अगाडिको राजदूतहरु यस्ता थिएनन् । उहाँको नाममा ३÷४ वटा मुद्धा अदालतमा दर्ता भएको छ । एनआरएनले ३६ करोड खायो भनेर अदालतमा केश हालेको छ । हेर्न सकिन्छ ।

कि मलाई कि राजदूत निरञ्जनमानसिंह बस्नेतलाई कारबाही हुनैपर्छ

म सामान्य व्यवसायी हुँ । मेरो गल्ती छ भने हदैसम्मको कारबाही हुनुपर्छ । मलाई न्याय दिनैपर्छ । मेरो गल्ती नभए राजदूत निरञ्जनमानसिंहलाई कारबाही हुनुपर्छ ।

(कुराकानीमा आधारित)

११ असोज २०७३ / १ : ०८

वि.सं.२०७३ असोज ११ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...