back
NMB ad

अब सबै कर्मचारीले पाउने भए घुम्नका लागि खर्च सहित ७ दिन बिदा !

Kumari bank ad

काठमाण्डौं । सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले घुम्नका लागि ७ दिने बिदा पाउने भएका छन्। २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको सरकारले ल्याउन लागेको निर्देशिकामा सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने प्रत्येक कर्मचारीलाई खर्चसहित घुम्नका लागि बिदा दिनुपर्ने व्यवस्था गरिएको छ।

घुमफिर वर्षको लागि गठन भएको सचिवालय कार्यविधिको अभावमा अहिले कामबिहीन जस्तै छ। सचिवालय कामबिहीन हुँदा आन्तरिक घुमफिर वर्ष २०७३ घोषणा भएको ८ महिनापछि निर्देशिका अन्तिम चरणमा पुगेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।

पर्यटन मन्त्रालयले सो सम्बन्धी निर्देशिका तयार पारेर पहिला अर्थ मन्त्रालयमा पठाएको थियो। त्यहाँबाट स्वीकृत भइसकेपछि अहिले मन्त्रिपरिषदमा पठाइएको छ ।

निश्चित गन्तव्यमा घुम्न जानको लागि प्रत्येक संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई वर्षको ७ दिन खर्चसहित बिदा दिनुपर्ने व्यवस्था गरिएको छ। कम्तीमा पनि पाँच लाख आन्तरिक पर्यटकको ‘मुभमेन्ट’ सिर्जना गराउने उद्देश्य सहित ल्याउन लागिएको उक्त निर्देशका अनुसार अब सरकारी तथा गैरसरकारी संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई पर्यटकीय गन्तव्यमा घुमफिरको लागि खर्चसहित बिदा दिनुपर्ने छ।

९ मंसिर २०७३, सेतोपाटी, १।००

वि.सं.२०७३ मंसिर ९ बिहीवार १३:३४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...