back
NMB ad

ऊखुले उकासेको जीवन, मासिक रु ६० हजार नाफा !

Kumari bank ad

मोरङ । आफ्नै खेतमा उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उनको दैनिकी हो ।

आफैँ किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार । उनलार्इ अहिले पैसा समाउन फुर्सद छैन । रहरले कोठेबारीमा ५/६ वटा उखुका  बोट लगाउनु भएका पौडेलले अहिले सबै धानखेती नगरेर उखुको व्यावसायिक खेती सुरु गरेका छन् । कृषि मजदुर नपाएर उखु खेतीतर्फ लागेका पौडेलको जिन्दगी नै उखुमय बनेको छ ।

सुरुका दुई वर्ष उनले खेतबाट उखु काटेर लाँक्रा–लाँक्रा डोकामा राखेर बेचे। राम्रै आम्दानी भएपनि उनले घरपरिवारलाई समय दिननसकेपछि उखु ठेक्कामा दिए । ठेक्काबाट पनि आम्दानी राम्रो भयो, तर साथीभाइ इष्टमित्र राख्न नपाइने । आफैँलाई खान मन लाग्दा पनि ठेकदारलाई साउती गर्नुपर्ने ।

झन्डै दुई वर्षयता उहाँ पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरीमा उखु पेलेर जुस बेचिरहेका छन् । उनले दैनिक झन्डै तीन हजारको जुस बेच्छन् । “अहिले  एक बिघामा उखु लगाएको छु । आफ्नो उत्पादनले वर्षभरि जुस बेच्न नपुग्ने भएपछि अन्यत्रबाट उखु ल्याउनुपर्ने भएको छ”–पौडेलले भने। बजारमा उखुको माग उच्च भएपनि आपुर्ति गर्न नसकेपछि अहिले उनी मात्र होइन, उनका छिमेकीहरू पनि धान बाली मास्दै उखु लगाउन थालेका छन् ।

२० असोज २०७३, ११।००

वि.सं.२०७३ असोज २० बिहीवार १०:५४ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...