back
NMB ad

एउटा ठेला गाडादेखि १४ वटा रेष्टुरेण्टको मालिक !

Kumari bank ad

प्याट्रिसीया नारायणले सन् २०१० मा वर्ष महिला व्यवसायीको अवार्ड जितेकी थिइन् । त्यतिबेला उनी दैनिक साढे २ लाखसम्म कमाउने महिला थिइन् भने उनको १४ वटा खानाका पसलहरु थिए । उनको मातहतमा ३ सय जनाले काम गर्थे । उनले त्यो अवार्ड जितेको पनि अहिले ६ वर्ष बितिसकेको छ । तर उनको यो सफलता यत्तिकै सजिलै आएको हैन, यसको पछाडि ३० वर्षदेखिको अनवरत मेहेनत, केही गर्ने आँट हिम्मत र दुःखसँग रोइ नबस्ने उनको बानीले महत्वपूर्ण भूमिका खेल्छ ।

प्याट्रिसीया त्यस्ती महिला हुन् जसले भारतका सयौं महिलाहरुलाई केही गर्ने प्रेरणा दिइन् । ठेला गाढाको व्यवसायबाट पनि एक दिन देशले नै गन्ने महिला उद्यमी बन्न सकिन्छ भन्ने प्रेरणा दिने प्याट्रिसीयाको संघर्षको कथा जो कोहीलाई प्रेरणा दिने खालको छ ।

सन् १९७७ मा १९ वर्षकी एक युवती प्याट्रिसीया नारायण एक युवकसँग प्रेममा परिन्, आफ्नो क्रिश्चियन परिवारको बिरुद्धमा गएर उनले ब्राह्मण जातिका ती व्यक्तिसँग विवाह गरिन् । विवाह गरेको केही वर्षपछि नै उनको सपनाहरु धुजाधुजा भयो किनकी उनका बुवाले उनलाई नअपनाउने घोषणा गरे, उनले माया गरेर विवाह गरेको उनको राजकुमार ड्रग एडिक्ट भएकोले आर्थिक रुपमा परिवारबाट कुनै सहयोग नपाउने भइन् । त्यतिबेला उनी दुई बच्चाकी आमा बनिसकेकी थिइन् । रातदिन आफूलाई पिट्ने र बच्चाको समेत वेवास्ता गर्ने श्रीमान्सँग आफ्नो भत्किएको वैवाहिक जीवनले विशिप्त बनेकी प्याट्रिसीयासँग त्यो समय मात्र दुईवटा विकल्प थियो, एउटा आफ्ना दुई बच्चाहरु सहित आत्महत्या गर्ने या त जिन्दगीमा जसरी हुन्छ डटेर सामाना गर्ने ।

उनले दोस्रो विकल्प रोजिन् । उनलाई खाना बनाउन रमाइलो लाग्थ्यो । उनले त्यही सीपलाई सदुपयोग गर्ने विचार गरिन् । आफ्नो दुई बच्चा र आफ्नो पेट पाल्नका लागि उनले केही गर्ने विचार गरिन् । त्यसपछि आफ्नी आमासँग १ सय रुपैयाँ सापटी लिइन् र त्यसबाट सामान किनेर घरमै जाम, अचार र फलफूलको जुस बनाएर बेच्ने काम गरिन् । त्यसमा उनले दुई चार पैसाको आम्दानी भयो । उनले त्यसैगरी आफ्नो र आफ्नो बच्चाको पेट पाल्न थालिन् ।

त्यसपछि सन् १९८२ मा उनले भारतकै एक प्रसिद्ध समुद्र तट मरिन बीचमा ठेला गाढा राखिन् । जहाँ उनले आलु चप, पकौडा, समोसा, कफी, जुस, चिया बेच्ने काम सुरु गरिन् । पहिलो दिन उनले मात्र एक कप कफी बेच्न सकिन् र जम्मा ५० पैसा कमाइन् । तर पनि उनले हिम्मत हारिनन् । उनी भन्छिन्, त्यो ठेला गाढामा बिताएको समय मेरो लागि बिजनेश स्कुलले दिने शिक्षा पनि ठूलो छ, त्यो मेरो एमबीएको डिग्री हो ।’

त्यसको केही दिनसम्म उनले लगातार मेहेनत गर्दै गइन् । दुई जना फरक क्षमता व्यक्तिहरुलाई लिएर उनले त्यो ठेला गाढाको व्यापारलाई बढाइन् । बिस्तारै उनले दिनमा ६ सयदेखि ७ सयसम्म कमाउन थालिन् । पछि उनले क्याटरिङ सेवा पनि सुरु गरिन् जसले उनको आम्दानी दैनिक २० हजारसम्म बनायो । त्यसमा केही समय काम गरेपछि उनले दैनिक ३ सय जनालाई खाना खुवाउने काम पाइन्, जसले उनको कमाइलाई दैनिक करिब लाखसम्म पु¥यायो । त्यसपछि उनले ठेलाको जिम्मा अरुलाई लगाइन् ।

सन् २००४ मा आएर उनले आफ्नो छोरा प्रविनसँग मिलेर रेष्टुरेण्ट व्यवसाय गर्ने सोच बनाइन् । त्यतिबेला फेरि उनको जीवनमा दुःखद घटना घट्न पुग्यो । एक महिना अगाडि मात्र विवाह गरेकी उनकी छोरी सन्दिपा र ज्वाईँको कार दुर्घटनामा निधन भयो । त्यतिबेला उनको छोरीको शव कुनै एम्बुलेन्सले ल्याउन मानेन, जसले गर्दा पछि उनले त्यही ठाउँमा एम्बुलेन्स सेवा संचालन गरिन्, जसले त्यस भेगका मानिसलाई जुनसुकै आपत् विपत्मा सहयोग पु¥याउन सकोस् ।

छोरीको निधनबाट दुःखी प्याट्रिसीयालाई उनका छोराले साथ दिए र उनीहरुले आफ्नो पहिलो रेष्टुरेण्टको नाम नै ‘सन्दिपा’ राखे । अहिले सन्दिपाको १४ भन्दा बढी शाखाहरु भारतको एक राज्य चेन्नई भरी फैलिएको छ । उनी अहिले दैनिक साढे २ लाखसम्म कमाउँछिन् भने उनको मातहतमा ३ सयभन्दा बढी कर्मचारीहरुले काम गर्ने गर्छन् । प्याट्रिसीयको जीवनबाट उद्यमी बन्नका लागि कलेजको डिग्री या ठूलो सीप हुनुपर्छ भन्ने मान्यता तोडिएको पाउन सकिन्छ । साथै उनी, कुनै पनि दुःखलाई काम र आँटले सानो बनाउँछ भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन् ।

इरादा पहाडी, एजेन्सीको सहयोगमा

१७ असार २०७३, ५।००

वि.सं.२०७३ असार २३ बिहीवार १३:३१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...