back
NMB ad

सत्तारुढ कंग्रेस शिर्ष नेता बैठकको निर्णयः प्रधानमन्त्री र उपराष्ट्रपति एकै व्यक्ति

Kumari bank ad

सुडानका राष्ट्रपति ओमर अलबसिरले बुधबार नयाँ प्रधानमन्त्रीका रुपमा प्रथम उपराष्ट्रपति बाक्री हसन सलेहलाई नियुक्त गरेका छन् । प्रथम उपराष्ट्रपति र प्रधानमन्त्री दुबै पदको जिम्मेवारी सम्हाल्नेगरी उनले सलेहलाई नियुक्त गरेका हुन् ।

सत्तारुढ दल नेसनल कङ्ग्रेस पार्टीका शिर्ष नेताहरुको बैठकले सलेहलाई दुवै पदको जिम्मेवारी दिने निर्णय गरेको राष्ट्रपतिका सहयोगी इब्राहिम महमोद हमिदले पत्रकारहरुलाई जानकारी दिए । सलेहले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी र राजनीतिक पदहरुमा रहेका काम गरिसकेका छन् ।

उनले सुडानको राष्ट्रिय सुरक्षा सेवाको प्रमुख, सुरक्षा मामिलामा राष्ट्रपतिका सल्लाहकार, गृहमन्त्री, रक्षामन्त्री लगायतका जिम्मेवारी पुरा गरेका थिए । उनी सन् २०१३ मा प्रथम उपराष्ट्रपति बनेका हुन् ।

गत वर्षको अक्टोबरमा भएको सुडानको राष्ट्रिय वार्ता सम्मेलनले प्रधानमन्त्री पद सृजना गर्ने निर्णय गरे बमोजिम गत डिसेम्बरमा त्यस पदलाई संविधानमा समावेश गरिएको थियो ।

सोही संवैधानिक व्यवस्था अनुसारसम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न गत मङ्गलबार सत्तारुढ दल एनसीपी र राष्ट्रपति बासिरले प्रधानमन्त्री चयन गरेका हुन् । रासस÷सिन्ह्वा

प्रकाशित मितिः २०७३ फागुन १९

वि.सं.२०७३ फागुन १९ बिहीवार १५:१४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...