back
NMB ad

ऊखु उत्पादनमा कमी आएपछि यो वर्ष चिनीको भाउ बढ्ने

Kumari bank ad

काठमाण्डौं । यो वर्ष चिनी उत्पादन ३० प्रतिशतले घट्ने भएको छ । गत वर्षको तुलनामा ऊखु उत्पादनमै कमि आएपछि चिनी उत्पादन घट्ने निश्चित भएको छ ।

यो बर्ष ऊखु उत्पादनमा धेरै कमि आएपछि चिनी उत्पादन घट्ने भएको हो । नेपालमा गत वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । यो वर्ष सोको तुलनामा ३० प्रतिशतभन्दा बढीले कमि आउने उद्योगीहरुको भनाइ छ ।

उद्योगीहरुले भर्खरै मात्र ऊखु क्रसिङ शुरु गरेका छन् । ऊखु क्रसिङको तीन सजिन हुने र यो अन्तिम सिजन भएकाले पनि चिनी उत्पादनमा उच्च गिरावट आउँछ । गत वर्षको तुलनामा चिनी उत्पादन ३० प्रतिशते घटेमा यो वर्ष १ लाख मेट्रिक टनमात्र चिनी उत्पादन हुने छ ।

किसानसँग महङ्गोमा ऊखु खरिद गर्नुपरेकाले यो वर्ष उद्योगीहरुले चिनीको मूल्य समेत बढाउने भएका छन् । भर्खर चिनी उत्पादन शुरु भएको र बजारमा चिनी पठाउँदासम्म प्रति किलोग्राम मूल्य ५ रुपैयाँसम्म बढ्ने भएको छ ।

सरकारले यो वर्ष ऊखुको मूल्य प्रति क्वीन्टल ५ सय ३१ रुपैयाँ मूल्य निर्धारण गरेको छ । यो मूल्य गत वर्षको तुलनामा प्रति क्वीण्टल ७९ रुपैयाँले बढी हो । गत वर्ष ऊखुको मूल्य प्रति क्वीण्टल ४ सय ५२ रुपैयाँ मात्र थियो ।

११ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ११ मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...