back
NMB ad

उखुभन्दा केरा खेतीबाट हुन्छ मनग्गे आम्दानी

Kumari bank ad

नवलपरासी । उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् ।

उखु लगाउन दुई–तीन वर्षपछि उखुको भुक्तानी पाउन बाध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका हुन् । उखु खेती गर्दै आएको आफू दुई वर्षयता केरा खेती गर्दै आएको र जसबाट आफू मनग्य आम्दानी गर्न सफल भएको पक्लिहवाका किसान आशमाया गुरुङको भनाइ छ ।

उखुको तुलनामा केरा खेती गर्न दोब्बर फाइदा हुने भएकाले आफू पनि उखु खेती छाडी केरा खेतीतर्फ लागेको कडियाका किसान मदनकुमार कुसुहवाको भनाइ छ । खेतमा तयार भएको उखुबाली चिनी उद्योगमा लगेर दिँदा पनि वर्षौंसम्म भुक्तानी पाउन नसक्ने, समयमा रकम भुक्तानी पाउन नसक्नेजस्ता समस्याबाट ग्रसित किसान उखुको वैकल्पिकरुपमा अन्य कृषि खेतीतर्फ आकर्षित बनेका छन् ।

उखुभन्दा केरा खेतीबाट मनग्य आम्दानी लिन थालेपछि यहाँका किसान सन्तुष्ट बनेको कुडियाका किसान हरिप्रसाद सुवेदीको भनाइ छ । यसरी किसान पछिल्लो समयमा उखु खेतीलाई विस्थापित गरी केरा खेतीलाई आफ्नो मुख्य बाली बनाउन थालेपछि नवलपरासीको ग्रामीण क्षेत्रमा कृषि सङ्कलन केन्द्र समेत स्थापना गरिएको छ ।

सो सङ्कलन केन्द्रको स्थापनाबाट अब क्षेत्रमा उत्पादन भएको कृषिजन्य वस्तुलाई बाहिर बजारमा लान निकै सजिलो भएकाले ग्रामीण क्षेत्रका किसान थप उत्साही भएको केरा उत्पादक सङ्घका सचिव लख्खु यादवको भनाइ छन् ।

यस क्षेत्रबाट वार्षिकरुपमा करिब चार करोड बराबरको केरा नारायणगढ, बुटवल, काठमाडौं लगायतका बजारमा निर्यात हुने गर्दछ । यसरी उखु खेती छाडी वैकल्पिकरुपमा केरा तथा तरकारी खेतीतर्फ आकर्षित भएका किसानलाई पनि सरकारी क्षेत्रबाट पनि सहयोग हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

किसानलाई बीउबिजनसहित आर्थिक सहयोग गर्दै आएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए ।

नवलपरासीमा कुल सात सय १५ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । जिल्लामा वार्षिक आठ हजार आठ सय २० मेट्रिक टन केरा उत्पादन हुँदै आएको जनाएको छ ।

२८ चैत २०७३, रासस, ७।००

वि.सं.२०७३ चैत २८ सोमवार ०८:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...