काठमाण्डौं । मुस्लिम समुदायको चाड इल उल फित्रको अवसरमा बुधबारबाट प्रदर्शनमा आएको हिन्दी चलचित्र सुल्तानले अहिलेसम्मकै कलेक्सनको रेकर्ड बनाएकोछ । सलमान खान स्टारर फिल्मले भारतमा पहिलो दिन ३६ करोड ५४ लाख कमाएको हो।
सलमान खान, अनुष्का शर्मा अभिनित फिल्मले नेपालबाट पहिलो दिन मात्र १ करोड रुपैयाँ उठाएकोछ । यसले दोस्रो दिन ४० करोडको व्यापार गर्यो। फिल्मले ३ दिनमा सय करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।
२४ असार २०७३, १२।००
वि.सं.२०७३ असार २४ शुक्रवार १६:०३ मा प्रकाशित