back
NMB ad

आइतबार सेयर बजारबाट धेरै कमाउने कम्पनीहरुमा कुन–कुन परे ? जान्नुहोस्

Kumari bank ad

काठमाडौ । साताको सुरुवाती दिन आईतबार सेयर बजार परिसूचक नेप्सेमा १४ अंकको गिरावटसँगै १६१५.५८ अंकमा कायम भएको छ । बजारमा सबैभन्दा धेरै बीमा समूह १३४.३ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः १७, १७.४, २७.८४, ७.३४ र ३६.३९ अंकले घटेका छन् ।
अन्य समूह २५.७४ अंकले बढ्दा होटल समूह १३.१५ अंकले बढेको छ ।

आइतबार १४८ कम्पनीका १४ लाख ७६ हजार आठ सय १३ कित्ता सेयर सात हजार सात सय ८८ पटक खरिदविक्री हुँदा ७५ करोड ६० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको ११ करोड पाँच लाख २४ हजार आठ सय ८२ रुपैयाँको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको चार करोडमाथिको कारोबार भएको छ । आइृतबार नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स र सानिमा माइ हाइड्रोको दुई करोडमाथिको कारोबार भएको छ । यस्तै
हिमालयन जनरल इन्स्योरेन्स, माछापूछ्रे बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

आइतबार जम्मा २२ कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै आरएसडीसी लघुवित्तका सेयरधनीले ८.११ प्रतिशतका दरले कमाएका छन् । नेपाल टेलिकम, सिनर्जी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेशनल हाइड्रो, नागबेली लघुवित्त, प्रिमियर इन्स्योरेन्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, दिव्यश्वरी हाइड्रो, सृजना फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् ।

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १६:५४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...